ताजा अपडेट

गोग्लीमा शैक्षिक तथा धार्मिक महोत्सब सुरु, प्राविधिक शिक्षामा जोड

          |   129 Views   |   Published Date : 30th May 2018 |

33786409_1297295757082122_5102298552101502976_n

दाङ, जेठ । निशुल्क गुणस्तरिय शिक्षाका लागि नमुना विद्यालय निर्माण तथा प्राविधिक विषय विस्तारका लागि मावि गोग्ली घोराही ४ गोग्लीले आयोजना गरेको घोराही डाडाँगाउँ गोग्ली शैक्षिक तथा धार्मिक महोत्सब २०७५ उद्घाटन गरीएको छ ।

विद्यालयका सस्थापक स्वं एकराज शर्मा घिमिरेका साईला छोरा तथा प्रदेश नम्बर ५ का सांसद रेवतीरमण घिमिरेले महोत्सबको उद्घाटन गर्नुभएको हो । प्रमुख अतिथीको रुपमा बोल्दै सांसद घिमिरेले पुर्खाले स्थापना गरेको विद्यालयको विकासका लागि आफ्नो पनि लगानी आबस्यक रहेको बताउनुभयो । पुर्खाको लगानीमा आफुले नाम राख्ने भन्दा पनि विद्यालयमा आफ्नो पनि योगदान हुनुपर्ने बताउनुभयो ।

आफुले पनि कक्षा ५ सम्म अध्ययन गरेको स्मरण गर्दै शर्माले विद्यालयको विकास क्रमिक रुपमा भएपनि अबको बदलिदो समयमा यत्तिले मात्र नपुग्ने बनाई राख्नुभयो । विद्यालयको विकासका लागि विद्यालयले जति लगानी लगाउछ सरकारले त्यो भन्दा बढि लगानी लगाउन आबस्यक रहेको उहाको भनाई थियो ।

कार्यक्रममा विशिष्ठ अतिथी शैक्षिक तथा धार्मिक अभियानका अभियान्ता एबं समाजसेवी भोलानाथ योगीले धर्म र विद्यालयविचको सम्बन्ध गहिरो रहेको बताउनुभयो । धर्म भित्र रहेको ज्ञानकै कारण विद्यालयहरु सञ्चालनमा रहेकाले विद्यालयको विकासका लागि मन खोलेर सहयोग गर्न आग्रह गर्नुभयो । शिक्षा प्रेमी ताराप्रसाद देबकोटाले स्थानियबासीहरुले ठुलो मेहनत र लगानी लागेर विद्यालय सुधारोन्मुख अबस्थामा रहेकाले अझै पनि स्थानियहरुकै सक्रियता बढि आबस्यक रहेको बताउनुभयो । कार्यक्रममा बोल्ने बक्ताहरुले अहिले प्राविधिक ज्ञानको आबस्यकता रहेकाले विक्ने शिक्षा प्रदान गर्न उनिहरुले आग्रह गरे ।

घोराही डाडाँगाउँ गोग्ली शैक्षिक तथा धार्मिक महोत्सब २०७५ मुल आयोजक समितिका संयोजक खुशलराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख बाचक माधुर्यबाचक पण्डित श्री बालकृष्ण अर्याल र राष्ट्र शान्तिका लागि १०८ धार्मिक महोत्सबका संकल्पकर्ता गोेविन्द शरण महाराजको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा शिक्षाप्रेमि कृष्णप्रसाद शर्मा, महोत्सब मुल आयोजक समितिका सहनिर्देशक मोहन घिमिरे र महासचिब पार्वता सुबेदी लगाएतले बोल्नु भएको थियो ।

विद्यालयका प्रधानाध्यापक सतीशकुमार आचार्यले स्वागत मन्तब्य ब्यक्त गर्दै विद्यालयको ईतिहास लामो भएपनि सो अनुसारको विकास नभएका कारण आर्थिक स्रोतको खोजी गर्नका लागि महोत्सब सञ्चालन गर्नथालेको बताउनुभयो । कार्यक्रमको सहजीकरण विद्यालयका पुर्वविद्यार्थी तथा पत्रकार नवीन अभिलाषीले गर्नुभएको थियो ।

घोराही उपमहानगरपालिका वडा नम्बर ४ लक्ष्मीपुरमा रहेको मावि डाँडागाउँ गोग्लीलाई स्मार्ट विद्यालय निमाणार्थ शैक्षिक तथा धार्मिक महोत्सब २०७५ जेठ २२ गते सम्म सञ्चालन हुनेछ । महोत्सब उद्घाटन पुर्व शोभायात्रा समेत निकालिएको थियो । स्थानिय लोक सस्कृति, झाँकी, परम्परागत भेषभुषा र विद्यार्थीहरुको शोभा यात्राले गोग्ली, डाँडागाउँ, सुनपुरको क्षेत्र परिक्रमा गरेको थियो ।

धार्मिक महोत्सबमा प्रत्येक दिन विहान ७ बजे देखि पुजाअर्चना तथा पाठ पारायण, प्रत्येक दिन विहान १० बजे देखि ४ बजे सम्म कथा, प्रबचन, झाँकी प्रर्दशन, प्रत्येक दिन बेलुकी ७ बजे देखि १० बजे सम्म झाँकि, कथा प्रबचन, भजनकृतन, र प्रत्येक दिन विहान ६ बजे देखि बेलुकी ७ बजे सम्म शालिग्राम भगवानको पुजाअर्चना तथा परिक्रमा कार्यक्रमहरु हुने महोत्सब मुल आयोजक समितिले बताएको छ ।

महायज्ञमा सहस्र शालिग्राम पुजा अर्चना, विराट धनधान्य महापर्व, पितृमुक्तिको पुजा, राष्ट्रिय कलाकारहरुबाट संगीतमय भजनकृतन, श्रीमदभागवत कथा प्रबचन, गौदान, रुद्रिपाठ, कलशयात्रा, तुलादान, चौरासी पुजा, ब्रतबन्ध, ग्रहशान्ति, लाखबत्ती प्रज्ज्वलन, महालक्ष्मिको पुजा, विवाह लगाएत धार्मिक पुजा सामग्री पुस्तक एब शैक्षिक सामग्री प्रर्दशनी समेत हुने आयोजकले बताएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१