ताजा अपडेट

कांग्रेस नगरकमिटीको वार्षिक कार्ययोजना तयार

          |   92 Views   |   Published Date : 30th May 2018 |

Screenshot_2018-03-07-13-05-57

दाङ, १६ जेठ । नेपाली काँग्रेस त्रिपुर नगर समितीको आयोजनामा सांगठनिक सुढिकरण अन्र्तगत छलफल कार्यक्रम नारायणपुरमा सम्पन्न भएको छ । नगर क्षेत्र भित्रका १ देखि १३ नम्वर वडाका सभातिहरु तथा क्षेत्रिय प्रतिनिधिहरुको समेत सहभागितामा भएको भेलाले नेपाली कांग्रेसको नगर स्तरीय वार्षिक कार्य योजना निर्माण गरीएको नगर सभापति दिपक पाण्डेले जानकारी दिएका छन् ।


कार्यक्रममा सहभागिहरुले विगतका कुरालाइ छोडर पार्टीलाइ एक्तावद्ध बनाएर अगाडि वढाउने बताएका थिए । त्यसैगरी लोकतन्त्रको रक्षाका लागि सम्पुर्ण लोकतन्त्र वादी एक्तावद्ध भएर अगाडि वढनु पर्ने बताएका थिए । कार्यक्रम नगर सभापति पाण्डेको अध्यक्षता तथा प्रदेश सभाका सदस्य अर्जुनकुमार श्रेष्ठको प्रमुख आतिथ्यता एवम नेपाली कांग्रेसका जिल्ला सदस्य अर्जुकुमार योगीको विशिष्ट आतिथ्यतामा भएको थियो ।

त्यस अवसरमा नेपाल शिक्षक संघका पुर्व केन्द्रीय उपाध्यक्ष द्धय गोविन्द्रप्रसाद न्यौपाने, चिन्तावहादुर वुढाथोकी, क्षेत्रिय सचिव कमल गौतम, नेपाल दलित संघका जिल्ला अध्यक्ष वावुराम वि क, वडा नं ७ का अध्यक्ष वासुदेव गौतम, क्षेत्रिय प्रतिनिधि निर्मलकुमार न्यौपाने, सरिता देवकोटा, चन्द्रप्रसाद चौधरी, दलित संघका क्षेत्र नं ३ का अध्यक्ष शरद वि क, महेन्द्र दाहाल, नोखिराम केसी, शारदा दाहाल, घना डि सी, डिल्ली वली, वासुदेव थारु लगायतकाले भनाइ राखेका थिए । कार्यक्रमको सहजिकरण शिशिर लम्सालले गरेका थिए ।
यसै बीच नेपाली काँग्रेस त्रिपुर नगर समितीले सरकारले गुठी जग्गाको मालपोत अस्वभाविक वृद्धि गरीएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । यसले जोताह गर्ने कृषकहरु मारमा पर्ने नगर सभापति पाण्डेले बताए । यसरी अस्वभाविक रुपमा वृद्धि गरीएको शुल्क फिर्ता लिन समेत नगर समितीले सरकार संग आग्रह गरेको छ । यस प्रकारको निर्णय नसच्चा कृषकको पक्षमा आन्दोलन गर्ने समेत निर्णय नगर समितीले गरेको छ ।

अहिले सरकारले गुठी जग्गाको शुल्क १ सय ५० पु¥याएको छ । यस अघि कृषकहरुले प्रतिकट्टा ५५ रुपैया तिदै आएको थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१