ताजा अपडेट

दुवाथलनको उपाधी वसन्त र अनिशालाई

          |   111 Views   |   Published Date : 29th May 2018 |

34018848_1768289876543275_5830662861621297152_n

 लक्ष्मण बस्नेत दाङ,१५ जेठ | दाङ जिल्ला स्तरिय खुल्ला दुवाथलन प्रतियोगिताको उपाधी त्रिभुवन आर्मि क्लबका वसन्त थारु र दाङकी अनिशा चौधरिले हात पारेका छ्न् |

दाङ जिल्ला ट्रायथलन सघको आयोजनामा सन्चालित प्रतियोगितामा १८ जना प्रतिस्प्रधिलाई पछि पार्दै बसन्तले उपाधी उचाले भने ४ जना प्रतिस्पर्धिलाई उछिन्दै अनिशाले उपाधी चुम्न सफल भईन् | वसन्त सगको झिनो अन्तरले पछाडि परेका त्रिभुवन आर्मिकै हिमाल टमाटा दोस्रो भए भने शसस्त्र प्रहरी एपिएफका किरण मल्ल तृतीय भए | त्यस्तै महिला तर्फ बालकुमारी चौधरी दोस्रो भईन भने सितासारी चौधरी तृतिय भईन |

दाङको भुमिमा प्रथम पटक आयोजना गरिएको प्रतियोगिता दाङवासिका लागि नौलो भएपनी प्रतिस्पर्धिले पहिलो चरणमा ५ किलोमिटर रनिङ,दोस्रो चरणमा २० किलोमिटर साईकिलिङ र अन्तिम चरणमा साढे २ किलो मिटरको फिनिसिङ रनिङ पूरा गर्दा खेलप्रेमी,खेलाडी लगाएत दर्शक उत्साहित देखिन्थे | तुलसिपुर उपमहानगरपालिकाको गेट अगाडि स्टार्ट लाईन राखिएको साईकिलिङ र रनिङको समिश्रण रहेको दुवाथलन प्रतियोगिता बजारको मुख्य भुभाग,गुम्राह चौक हुँदै नगरपालिका सम्म साढे २ किलोमिटरको प्रत्यक राउण्ड माउन्टेन बाईक सगै रनिङले लगाउदा तुलसिपुर बजार खेलकुदमय बनेको थियो |

यसैबीच सघका अध्यक्ष गेदलाला भण्डारिको अध्यक्ष तथा प्रदेश न ५ का सासद उत्तर कुमार ओलिको प्रमुख आतिथ्य एव नेपाल ट्रायथलन सघका केन्द्रिय अध्यक्ष निलेन्द्र राज श्रेष्ठ र दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष डिल्ली बहादुर डागिको विशिस्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो | सघकी उपाध्यक्ष पद्मा चौधरिको स्वागत रहेको कार्यक्रमको सन्चालन सघका सचिब माधव बुढाथोकिले गरेका थिए |

सो अबसरमा खेलप्रेमी खेलाडी पत्रकार लगाएतको उपस्थित रहेको थियो |

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१