कवाड व्यवसायी समितिको कार्यालय उद्घाटन
दाङ, जेठ । कवाड व्यवसायलाई व्यवस्थित रुप दिनका लागि दाङ जिल्लाभर रहेका कवाड व्यवसायी संगठित भएका छन । राप्ती कवाड व्यवसायी समिति गठन गरेर उनिहरुले कार्यालय समेत सञ्चालनमा ल्याएका छन् । केहि समय पहिले संगठित भएका कवाड व्यवसायीहरुले समितिको कार्यालयमा घोराहीमा स्थापना गरेका हुन् । घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा एक कार्यक्रमको आयोजना गरे कार्यालय स्थापना गरेको समितिका अध्यक्ष मन्जीत पुनले जानकारी दिनुभयो । कार्यालयको उद्घाटन घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेय गर्नुभएको हो । राप्ती कवाड व्यवसायी समितिका अध्यक्ष मन्जीत पुनको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले कवाड व्यवसायलाई व्यवस्थित र मापदण्डमा ल्याउनु पर्ने बताएका थिए । स्मार्ट सिटिको परिकल्पना गर्दै अहिले स्थानिय तहहरुले काम गर्दै आएको भन्दै सरसफाईको क्षेत्रमा कवाड व्यवसायीहरुको पनि महत्वपुर्ण भुमिका रहनु पर्ने बताएका थिए । कार्यक्रमका विशिष्ठ अतिथी उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुषाल, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी धनदेव साउद लगाएतले बोल्नु भएको थियो । समितिका सदस्य सुरेन्द्र बोहोराको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार नवीन अभिलाषीले गर्नुभएको थियो । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed