ताजा अपडेट

सभामुखले दिए गणतन्त्र दिवसको शुभकामना

          |   100 Views   |   Published Date : 29th May 2018 |

कृष्णबहादुर-महरा काठमान्डौ, १५ जेठ । आजको दिन निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको ऐतिहासिक दिन भएको भन्दै सभामुख कृष्णबहादुर महराले सबैलाई शुभकामना दिएका छन ।

जननिर्वाचित संविधानसभाले आजभन्दा ठीक १० वर्षअघि २०६५ जेठ १५ गतेका दिन निरंकुश राजतन्त्रको अन्त्य गरी नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको घोषणा गरेको सुनौलो दिन भएको भन्दै सभामुख महराले सबै नागरिकहरुलाई शुभकामना दिएका हुन ।


सभामुखका प्रेस सल्लाहाकार डिल्लीले मल्ल द्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा देशको शासन व्यवस्था नै परिवर्तन गरी नेपालको इतिहासमा युगान्तकारी परिवर्तनको दिनका रुपमा रहेको यस गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरिएको छ ।

34019784_1768210556551207_1768266683195064320_n

साथै विज्ञप्तीमा यस ऐतिहासिक दिनको अवसरमा गणतन्त्र प्राप्तिको महाअभियानमा आफ्नो उत्सर्ग गर्नुहुने सबै महान सहिदहरुप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै संघर्षका दौरान घाइते भएका सबै योद्धाहरुको स्वास्थ्य लाभको कामना र योगदानको सम्मान गरिएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१