ताजा अपडेट

देउखुरी डान्सिङ्ग स्टार शिजन टु सुरु

          |   100 Views   |   Published Date : 29th May 2018 |

शिवु खनाल देउखुरी,  जेठ | लमहीमा देउखुरी डान्सिङ्ग स्टार शिजन टु सुरु भएको छ । घोराही इकोमेन्ट वर्कशव, डान्स एमाकृयुको, सहयोगमा र देउखुरी डान्सिङ्ग स्टारको आयोजनामा देउखुरी डान्सिङ्ग स्टार शिजन टु टिभि रियालिटि सो सुरु गरेको हो ।

उक्त सोमा ६० जनाले सहभागि लिएको देउखुरी डान्सिङ्ग स्टारका अध्यक्ष दिपक बर्माले जानकारी दिए । देउखुरीको भालुवाङ, सिँसहनिया, गढवा, अमेलिया र लमहीमा सेलेक्सशन राउण्ड सकिएको छ । ६० जना मध्य ५६ जना सेलेक्सशन भएका छन् भने ४ जना बाहिरिएको अध्यक्ष बर्माले भने ।

उक्त सोमा प्रथम हुने लाई नगद रु ५० हजार, भिडियो, एल्बम, द्धितिय हुने लाई ३० हजार तृतिय हुने लाई २० हजार पुरस्कार रहेको छ । अडिसन राउण्ड आउने शनिवार १९ गते देखि सुरु हरने र टिभि रियालिटि सो वाट हरेक सोमवार बेलुकी ८ बजे वाट प्रसार हुने आयोजकले जानकारी गराएको छ । देउखुरीमा भएका कला र संस्कृति जोगाउने र लुकेका प्रतिभा लाई बाहिर ल्याउने बर्माले बताए । सोको जजेसमा आकाश जयसवाल र मेलिसा योगि रहनु भएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१