ताजा अपडेट

स्मार्ट विद्यालयका लागि धार्मिक महोत्सब , महोत्सबको तयारी अन्तिम चरणमा

          |   117 Views   |   Published Date : 28th May 2018 |

    नवीन अभिलाषी दाङ, जेठ  । स्मार्ट विद्यालय निर्माणार्थ यहि जेठ १५ गते देखि सुरु हुने घोराही डाडाँगाउँ गोग्ली शैक्षिक तथा धार्मिक महोत्सब २०७५ को तयारी अन्तिम चरणमा पुगेको छ । मुल आयोजक समितिले सोमबार विद्यालयमै पत्रकार सम्मेलनको आयोजना गरी घोराही डाडाँगाउँ गोग्ली शैक्षिक तथा धार्मिक महोत्सब २०७५ को तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर ४ लक्ष्मीपुरमा रहेको मावि डाँडागाउँ गोग्लीलाई स्मार्ट विद्यालय निमाणार्थ शैक्षिक तथा धार्मिक महोत्सब २०७५ सञ्चालन हुन थालेको हो । जेठ १५ देखि २२ गतेसम्म सञ्चालन हुने घोराही डाडाँगाउँ गोग्ली शैक्षिक तथा धार्मिक महोत्सबको बारेमा जानकारी दिने उदेश्यले आयोजना गरीएको पत्रकार सम्मेलनमा विद्यालयको ईतिहास, विद्यालयले हाल गरीरहेका काम र धार्मिक महोत्सब सञ्चालन गर्नुको उदेश्यको बारेमा जानकारी गराएको हो । महोत्सब मुल आयोजक समितिका संयोजक खुशलराम शर्माको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन भएको हो ।

पत्रकार सम्मेलनमा धार्मिक महोत्सबको बारेमा जानकारी दिदै विद्यालयका प्रधानाध्यापक सतिश आचार्यले विद्यालयको ईतिहास पुरानो भएपनि समानुपातिक रुपमा विकास हुन नसकेको बताउनुभयो । २००८ सालमा स्थापना भएको विद्यालयले विभिन्न आरोह अबरोह पार गर्दै उच्च माध्यामिक तह सम्मको मान्यता प्राप्त गर्दै प्लस टु सम्मको कक्षा सञ्चालन गर्दै आएको प्रधानाध्यापक आचार्यले जानकारी गराउनु भयो । गत शैक्षिक सत्र देखि सामुदायीक विद्यालयमा प्राविधिक शिक्षाको थालनी गरेको विद्यालयले अब नमुना विद्यालय सञ्चालनार्थ धार्मिक महोत्सब सञ्चालन गर्न थालेको जानकारी दिनुभयो ।

मावि डाँडागाउँ गोग्लीले आबस्यक पुर्वाधार तथा संरचनाहरु निर्माण गरेर नमुना विद्यालय बनाउने उदेश्यले सात दिनसम्म आयोजना गरीने शैक्षिक तथा धार्मिक महोत्सबमा कथाबाचकको रुपमा माधुर्यबाचक बालकृष्ण अर्याल र गोविन्दशरण महाराजलाई आमन्त्रण गरीएको विद्यालय व्यवस्थापन समितिका संयोजक लोकराज पौडेलले बताउनुभयो । महोत्सबका लागि सम्पुर्ण तयारीहरु अन्तिम चरणमा पुगेको मुल आयोजक समितिका संयोजक शर्माले बताउनुभयो । महोत्सबका लागि प्रचारप्रसार, निमन्त्रणा पठाउने, शोभायात्रा र महोत्सब स्थलको व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको उहाको भनाई छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले विकासको पहिलो आधार भनेको शिक्षा भएकाले शिक्षाको गुणस्तरियतामा कुनै सम्झौता गर्न नसकिने बताउनुभयो । विद्यालयले आयोजना गरेको महोत्सबलाई यहाका सबै निकायका ब्यक्तिहरुले सहयोग गर्नुपर्ने भन्दै त्यसको लागि सक्रिय र समन्वय आबस्यक रहेको बताउनुभयो । पत्रकार सम्मेलनको सहजीकरण मुल आयोजक समितिका सदस्य भोला अधिकारीले गर्नुभएको थियो ।

धार्मिक महोत्सबमा प्रत्येक दिन विहान ७ बजे देखि पुजाअर्चना तथा पाठ पारायण, प्रत्येक दिन विहान १० बजे देखि ४ बजे सम्म कथा, प्रबचन, झाँकी प्रर्दशन, प्रत्येक दिन बेलुकी ७ बजे देखि १० बजे सम्म झाँकि, कथा प्रबचन, भजनकृतन, र प्रत्येक दिन विहान ६ बजे देखि बेलुकी ७ बजे सम्म शालिग्राम भगवानको पुजाअर्चना तथा परिक्रमा कार्यक्रमहरु हुने महोत्सब मुल आयोजक समितिले बताएको छ । महायज्ञमा सहस्र शालिग्राम पुजा अर्चना, विराट धनधान्य महापर्व, पितृमुक्तिको पुजा, राष्ट्रिय कलाकारहरुबाट संगीतमय भजनकृतन, श्रीमदभागवत कथा प्रबचन, गौदान, रुद्रिपाठ, कलशयात्रा, तुलादान, चौरासी पुजा, ब्रतबन्ध, ग्रहशान्ति, लाखबत्ती प्रज्ज्वलन, महालक्ष्मिको पुजा, विवाह लगाएत धार्मिक पुजा सामग्री पुस्तक एब शैक्षिक सामग्री प्रर्दशनी समेत हुने आयोजकले बताएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१