ताजा अपडेट

वडा नम्बर १५ को सहयोगमा महासंघको प्रागणमा टायल

          |   198 Views   |   Published Date : 27th May 2018 |

33403308_1737507606340557_2116633344589430784_n

घोराही, १३ जेठ | नेपाल पत्रकार महासंघ दाङको प्रांगणमा टायल विच्छाईएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ को आर्थिक सहयोगमा महासंघको प्रागणमा टायल विच्छाउने काम भएको हो ।

वडा कार्यालयको १ लाख ५० हजार सहयोगमा महासंघको प्रांगणमा टायल विच्छार्ईएको महासंघका अध्यक्ष सविन प्रीयासनले जानकारी दिनुभयो । महासंघको भौतिक पूर्वाधार विकास अनतरगत यो कार्य गरिएको उहाँले बताउनुभयो ।

वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेयले समाजको तेस्रो आँखाको रुपमा रहेका पत्रकारहरुको छाता संगठन पत्रकार महासंघको भौतिक विकासकालागि १ लाख ५० हजार आर्थिक सहयोग गरिएको बताउनुभयो । यसैबीच वडा अध्यक्ष पाण्डेयले आईतवार यस टायल विच्छाउने योजनाको अनुगमन गर्नुभएको छ । त्यस अवसरमा महासंघका अध्यक्ष प्रीयासनले वडा अध्यक्ष पाण्डेय लगायत वडा नम्बर १५ लाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१