मृत्यु बिमा वापत १४ लाख रकम भुक्तान
घोराही १३ जेठ । नेशनल लाईफ ईन्सोरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय दाङले आज मृत्यु बिमा वापतको रकम भुक्तान गरेको छ । तुलसीपपुर उपमहानगरपालिका वडा नम्बर १८ दुधरास निबासी बैदेशिक रोजगारीमा मृत्युबरण गर्नुभएका प्रदिप चौधरीको श्रीमति टिका कुमारी चौधरीलाई मृत्यु दाबि भुक्तानी वापत १४लाख रकम प्रदान गरिएको ईन्सोरेन्स दाङ शाखाका प्रमुख रेशम पौडेलले बताउनुभयो । बैदेशिक रोजगारीमा जादा म्यादी जिबन बिमा गराउनुभएका स्वर्गीय प्रदिप चौधरीको घरपरिवारले मृत्यु बिमा दाबि भुक्तानी गरेवापत नै आज कार्यक्रमको आयोजना गरेर उक्त रकम भुक्तान गरिएको हो । कार्यक्रममा मृतकका भाई शिब चौधरीले स्वागत गर्नुभएको थियो भने बसन्त भट्टाराईले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed