ताजा अपडेट

धार्मिक महोत्सवको तयारी अन्तिम चरणमा

          |   127 Views   |   Published Date : 27th May 2018 |

33663761_1766135090092087_3815808864578699264_n घोराही, १३ जेठ । घोराही उपमहानगरपालिका ४ स्थित माध्यामिक विद्यालय डाडागाउँमा शैक्षिक तथा धार्मिक महोत्वसको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

धार्मिक महोत्सव मुल आयोजक समितीले आइतवार विहान विद्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा समितीका संयोजक खुसलराज शर्माले यहि जेठ १५ देखि २२ गतेसम्म हुने धार्मिक महोत्सवमाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन ।


पत्रकार सम्मेलनमा धार्मिक महोत्सवको बारेमा जानकारी दिदै विद्यालयका प्रधानाध्यापक सतिशकुमार आचार्यले धार्मिक महोत्सवमा करिव २० लाखको खर्च हुने र ढेड करोड बरावरको आम्दानी गर्ने लक्ष्य लिएको बताए । उनले आफ्नो विद्यालयमा पढ्दै आएका गरिव विद्यार्थीहरुलाई निशुल्क अग्रेजी शिक्षा र स्मार्ट विद्यालय बनाउने हेतुले धार्मिक महोत्सव आयोजना गरिएको जानकारी गराए ।

कार्यक्रम मुल आयोजक समितीका संयोजक खुसलराज शर्माको अध्यक्षता एवम पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१