ताजा अपडेट

गुडिरहेको एम्बुलेस तीर हेर्दै एकाएक आशा चिच्याउछिन ” शेखर ”…….

          |   44 Views   |   Published Date : 26th May 2018 |

दीपक जी.एम. '' आर्जव ''

कथा : दर्द्नाक अन्तय
33396681_905292752989130_5461785472235732992_n
दार्ही जुंगा मस्त पालेको सेतो फुर्सो,लामो-लामो केश अनि हेर्दा मध्यम वर्गको देखिने मनुवा हातमा सानो झोला लिई हिड्दै थियो ।बाटोमा उसलाई देख्नेहरुले आ-आफ्नै किसिमले टिप्पणी गर्दै थिए '' छ्या कस्तो गन्हाएको...कति डरलग्दो....!

तर ती मनुवा कोही प्रति वास्ता नगरी हातमा रहेको झोला हेर्दै मुसुमुसु हांसिरहेको थियो भने गीत गुनगुनाउँदै आफ्नै तालमा पाइलाहरु चाल्दै अगाडी बढिरहेको थियो । केही दुरी पार गरे लगतै एउटा घरको आँगनमा गई उभिन्छ ,एउटी महिला आँगन बढारीरहेकी हुन्छिन तर ती महिलाले त्यस मनुवालाई देखेकी हुदैनीन । बढार्दै जांदा ती महिललाई आँगनमा कोही उभिएको भान हुन्छ ,शिर उठाउँदै उभिएको अपरिचित मनुवा तीर हेर्दै बोल्छिन ”कसलाई खोज्नु भयो ?

तर ती मनुवा मौन भई एकोहोरो उनी तीर हेरिरहन्छ ।उसले चुप्पी साधेको देखेर ती महिला अचम्म पर्छिन अनि पुनह प्रश्न गर्छिन ” किन बोल्नु हुन्न ,कसलाई खोज्नु भयो ? यस पटक पनि ती मनुवा बाट कुनै जवाफ आउँदैन ,मुसुमुसु हांस्दै मनुवाले आफूसँग ल्याएको झोला ती महिलाको हातमा थमाइदिन्छ अनि केही नबोली ऊ त्यंहा बाट निस्किन्छ । अपरिचित व्यक्तिले यसरी केही नबोली आफ्नो हातमा झोला थमाई गएको देखेर आश्चर्य चकित पर्छिन । झोला खोल्न थाल्छिन ,झोला भित्र एउटा ग्रीटिन्ग कार्ड र उपहार हुन्छ । अचम्म पर्दै कार्ड पढ्न थाल्छिन ” हेपी बर्थडे आशा ,सधै हांसीखुसी जीवनयापन गर्नु….” उपहार अनि कार्ड देखेर आशाका आँखा रसाउन पुग्छन ।

हतार हतार दगुर्दै बाहिर गई दांयावांया हेर्न थाल्छिन तर शेखरको कुनै भेउ नपाउँदा दुखी हुन पुग्छिन ।साथै विगतका दिनहरु कल्पिन थाल्छिन…..एउटै कक्षामा पढ्ने भएकोले उनीहरू एकआपसमा निकै घनिष्ठ हुन्छन,दुवैजना मध्यम परिवारका भएको हुंदा जीवन संघर्षशील हुनेछ भन्ने कुरा उनीहरुलाई राम्रो संग थाहा थियो ।समय लगतै दुवैजना प्रेममा पर्छन ,एकअर्का बिना बाच्न नसक्ने स्तिथीमा पुग्छन । घण्टौ आपसमा भलाकुसारी गर्नुका साथै समय बिताउने गर्दथे ,पढ़ाई सिध्याएँ पछि बिहे गर्ने मनसाय बनाउँदै दुवैजना माया पिरतीका गीत गुनगुनाउन थाल्छन ।

समय बित्दै जान्छ , पढ़ाई सिध्याएँ लगतै शेखर जागिर खोज्न थाल्छ भने यता आशाको घरमा बिहेको चर्चा हुन थाल्छ ।आशालाई चिन्ताले सताउन थाल्छ,ढिला नगर्दै आशा शेखरलाई भेट्न पुग्छिन ।” शेखर घरमा बिहेको कुरा चलिराछ,तिमी कहीले आउiछौ भन न….” जागिर खोज्दै छु आशा ,नआतीउ…म छिट्टै आउँछु ” भन्दै शेखरले आशालाई अँगालो मार्छ ।लाडे स्वरमा आशा बोल्छिन ” धेरै ढिलो नगर है…. ।
केहीदिनको अन्तरालमा शेखरले जागिर पाउँछ,आशालाई आफूले जागिर पाएको खबर सुनाउछु भनि फोन गर्छ तर फोन उठ्दैन बारम्बार फोन गर्दा पनि फोन नउठे पछि शेखर हतार-हतार आशाको घर तिर लाग्छ ।घरमा ताल्चा झुन्डियएको हुन्छ ,एकाएक सबैजना कहा गएछन भन्दै छिमेकमा बुझ्न जांदा एक्कासी आशा बेहोस भई ढलेको हुनाले अस्पताल लगेको चाल पाउँछ । शेखर चिन्तित हुन पुग्छ अनि रत्तिभर पनि ढिला नगरी अस्पताल पुग्छ ,आशालाई आई.सी.यु मा राखिएको हुन्छ ।त्यतिकैमा डाक्टर साबलाई एकजना व्यक्तिसंग बोल्दै गरेको सुन्छ ” उँहाको हालत एकदम नाजुक भइसकेको छ ,टाउकोमा पानी जमेको छ त्यसैले चांडो भन्दा चांडो उँहाको ओप्रेसन गर्नु पर्छ ” , हुन्छ नि डाक्टर साब तुरुन्तै ओप्रेसन गर्नुस ,पैसाको कुनै चिन्ता नलिनुस,उनी मेरो हुनेवाला श्रीमती हुन…भन्दै ती मनुवाले डाक्टरको हात समाउँछ ।

त्यो सबथोक देखेर शेखरको मुटु चस्सक हुन पुग्छ ,गहभरी आँसु चुहाउँदै मन भारी बनाई शेखर घर फर्किन्छ अनि कोठामा बसेरा रुन थाल्छ । वेदनाका पोकाहरु एकएक गर्दै फुट्न थाल्छन,आँखाबाट आँसुका धाराहरु निरन्तर बग्न थाल्छन,क्षणभरमै इछ्या-आकांक्षाहरु चकनाचुर हुन पुग्छन। समय गतिशील छ र यो निरन्तर चली नै रहन्छ ,त्यस्तैमा खाना खाएर शेखर ऑफीस जान भनी घर देखी निस्किन्छ ,केही दुरी पार गर्दै जाने क्रममा पञ्चेपाजाको आवाजले शेखर अडिन्छ अनि पछाडी फर्केर हेर्दा बिहेको बस आउँदै गरेको देख्छ । बाटोको एकसाइडमा उभिदै बस जादै गर्दा झ्यालमा नजर लगाउँदा दुलहीको भेषमा आशालाई देख्छ ,आशले पनि शेखरलाई देख्छिन अनि शिर निहुराउँदै रुन थाल्छिन ।

आफ्नै आँखा अगाडी एकदिन अरुको नामको सिउँदोमा सिन्दुर र रातो साड़ीमा आशालाई देख्छु भनेर शेखरले कल्पना समेत गरेको थिएन ।गाड़ी आफ्नै गतिमा गुड्छ , शेखरका आँखाबाट आँसुका थोपाहरु खस्न थाल्छन। मन भारी बनाउँदै बिहेको गाड़ी तिर हेर्दै शेखर बोल्छ ”सधै खुसी रहनु र दिर्घायू पत्नी बन्नु….भन्दै हल्लाउँछ शेखरले आफ्ना निर्दोष हातहरु …..। त्यतिकैमा एउटा नानीले ” आमा ‘ भन्दै आशाको एकाग्रता भंग गर्छे । आँसु पुछ्दै छोरीलाई काखमा बोकी आशा भित्र कोठामा छीर्छीन । शेखर घर पुग्छ अनि कोठा भित्र बाट चूक्कल लगाउँदै आफूलाई भित्र कैद गर्छ , ”ढोका खोल बाबु” भन्दै शेखरको आमा बोल्नुहुन्छ ।

तर ढोका खुल्दैन ,बारम्बार बोलाउँदा पनि शेखरले ढोका नखोले पछि आमा झ्याल बाट भित्र नियाल्न थाल्दा शेखरलाई भुइँमा लडेको देखेर ” बाबु बाबु के भयो…भन्दै ग्लानी गर्न थाल्नुहुन्छ । शेखरको बुवाको आगमन हुन्छ ,ढोका फोड्दै उहांहरु भित्र छिर्नु हुन्छ । मुखभरी रगतै रगत हुन्छ ,शेखरलाई अस्पताल पुर्याउँदै बुवाले डाक्टरलाई डाक्नु हुन्छ । शेखर धेरै अगाडी देखि नै बिरामी हुन्छ ,औषधी नखाइदिदा आमाबुवा सारै चिन्तित थिए । उपचार पछि शेखरलाई घर ल्याइन्छ ,छोराको जीउभरी फोहोरमैला अनि लामा -लामा दार्ही जुंगा देख्दा आमालाई चिन्ताले निकै सताएको थियो ।

” ल बाबु यो औषधी खाउँ…नाइँ म खान्न भन्दै शेखरले औषधी फ्याकिदिन्छ । छोराको ब्यावहारले आमा रुन थाल्नुहुन्छ ” किन यस्तो गर्छस बाबु..कुन जुनीको सजाय दिदैछ्स हामीलाई ,खाना पनि खान्नस,औषधी खा भन्दा पनि मन्दैनस,दिनरात यो कोठामा आफूलाई कैद गरेर राख्छस….। शेखर केही बोल्दैन, छोराको हर्कतले आमा दुखी हुदै बाहिर निस्किनू हुन्छ,शेखर कोठाको चारैतिर नजर दौडाउन थाल्छ । कोठामा शेखर आफैले बनाएका विभिन्न कार्डहरु ,उपहारहरु थिए जुन आशाको लागी समर्पित थिए । सांचो मायाको आशमा बाच्दा बाच्दा शेखरको जीवन खरानी सरी भएको थियो।

सधै आफ्नो कारणले आमबुवालाई कति रुवाउनु भन्दै मध्य रातको समयमा घरमा थाहा नदिई शेखर सदाको लागी निस्किन्छ । सुनसान सड़क,कहाली लाग्दा हावाका वेगहरुले कुनै अशुभ घटनाको सँकेत दिइरहेको थियो । मनमा नानाथरीका कुराहरु खेलाउँदै शेखर आशाको घर अगाडी पुग्छ ,त्यतिकैमा एकाएक हावाहुरी सुरु हुन थाल्छ ।आँधीबेहरीको लहरले बिस्तारै बिस्तारै सबैथोक आफ्नो चपेटामा पार्दै जान्छ ,हावाहुरी सँगै पानीको भेलले रुख बिरुवाहरु ढल्न थाल्छन । तर शेखरलाई यी सबथोकको कुनै प्रवाह थिएन,ऊ सजिलै संग सबै स्वीकारि रहेको थियो ।

अचानक ठूलो रुख ढल्छ , आवाजले आशा झ्याल बाहिर चियाउन बाध्य हुन्छिन । अँध्यारोले बाहिर केही देखिदैनथ्यो ,बिजुली चम्किरहेको थियो ।कोही कराउँदै गरेको आवाज आशाको कानमा पर्छ ,आशा दगुर्दै आवाज तीर लम्किन्छिन । ” ”आशा आशा भन्दै शेखर चिच्याईरहेको हुन्छ, ढलेको रुख मुनि शेखरलाई देखेर आशा आतीन्छीन,रुखलाई हटाउन सक्ने क्षमता आशामा थिएन। सोचेको भन्दा रुख ठूलो भएको हुंदा शेखर डग सम्म नचल्ने अवस्थामा हुन्छ ।आशा रुदै शेखर सामु माफी माग्न थाल्छिन ” मलाई माफ गरिदेऊ शेखर ,म तिम्रो दोषी हु..मेरो कारणले आज तिमी यो अवस्थामा छौ…।

आशाको मुख देखि निस्केका कारुणिक शब्दले शेखरको मन छियाछिया हुन पुग्छ , ” त्यस्तो नभन आशा तिमी त मेरो जीवनको प्रेरणा हौ जसको म दिनरात पूजा गर्ने गर्छु ,हामीलाई भाग्यले ठग्यो आशा….म जहा भएपनि सधैं तिमीसँगै हुनेछु स्पन्दन सरी…यति भन्दै शेखरले सँसारबाट बिदा लिन्छ ।आशा भक्कानो फुटाइ-फुटाइ छाती पिटीपिटी रुन थाल्छिन,उनको चिच्याहटले रातको सन्नाटालाई चिर्दै जान्छ ।
बिहानीको मिर्मिरे उज्यालो सँगै घटनास्थलमा मानिसहरुको भेला हुन्छ,प्रहरीको गाड़ी तथा एम्बुलेस घटनास्थलमा आइपुग्छन ।रुखलाई हटाउँदै शेखरको लाशलाई पोस्टमार्टमका लागी एम्बुलेन्समा हाली पठाइन्छ । गुडिरहेको एम्बुलेस तीर हेर्दै एकाएक आशा चिच्याउछिन ” शेखर ”…….

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१