ताजा अपडेट

वरिष्ठ सर्जक टेक तामाङको “नजिक यति भएर पनि…” म्यूजिक भिडियो बजारमा सार्बजनिक

          |   98 Views   |   Published Date : 25th May 2018 |

33216173_2074676766190727_1325784454983057408_n

सागर थापा दाङ | वरिष्ठ सर्जक टेक तामाङद्वारा रचित “नजिक यति भएर पनि…” आधुनिक गीतको म्यूजिक भिडियो सोमवार सार्बजनिक भएको छ । उक्त म्यूजिक भिडियोलाई एक विशेष कार्यक्रमको आयोजना गरी सङ्ग्स नेपालको आधिकारिक युट्यब च्यानेल मार्फत सर्बत्र सार्बजनिक गरिएको हो ।

राष्ट्रको जिम्मेवार उच्च नेतृत्वदायी भूमिकामा रही अहोरात्र कार्य व्यस्तताका बावजुद पनि नेपाली गीत संगीतप्रतिको अगाध माया मोहमा चुर्लुम्मै डुब्ने गर्नुहुन्छ । त्यसैले पनि होला वरिष्ठ सर्जक तामाङले यसभन्दा अगाडी थुप्रै नेपाली मौलिक गीत रचनाहरु पस्किसक्नु भैसकेको छ ।

यसैक्रममा हिजो मात्रै सार्बजनिक गरिएको आधुनिक “नजिक यति भएर पनि…” गीतमा गायिका मेलिना राईको आवाज रहेको म्यूजिक भिडियोमा बर्षा सिवाकोटी र कमल सिंहको मार्मिक अभिनय रहेको छ । म्यूजिक भिडियोमा भित्रीमनले चाहेर पनि बाहिरी भौतिक शरिर अलग, तरपनि अझसम्म भित्रिमनकै सेरोफेरोमा उनकै गाढा यादमा टोलाउदै भन्ने गर्छन कि “नजिक यति भएर पनि…” किन यति टाढा ? भनेर स्पष्ट पार्न खोजिएको छ।

“नजिक यति भएर पनि…” म्यूजिक भिडियोको निर्देशन निकेश खडकाले गरेका हुन् भने सम्पादन विकास धमलाको रहेको छ। त्यस्तैगरी म्यूजिकमा कन्काइष्ट राई, एरेञ्ज साहस शाक्यको छ भने छायांकन बुद्ध थापा एण्ड टीमले गरेका हुन्। भर्जिन भ्वाइस स्टुडियोमा तयार पारिएको यस म्यूजिक भिडियोको रेकर्डिष्ट कुमार सिंजाली मगर हुन् भने मिक्सिङ चन्द्र चौधरीको रहेको छ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१