ताजा अपडेट

महायज्ञमा साढे चार हजार बढिले कथा श्रवण गरे, १६ लाख बढि रकम संकलन

          |   116 Views   |   Published Date : 25th May 2018 |

IMG20180523152657

सल्यान, जेठ । सल्यानको कपुरकोटमा जारि ज्ञान महायज्ञमा साढे चार हजार भन्दा बढि भक्तजनहरुले कथा श्रवण गरेका छन् । गत सोमबारबाट सुरु भएको महायज्ञमा दिनप्रतिदिन शिक्षाप्रेमि तथा धर्मप्रेमी भक्तजनहरुको उपस्थीती बढ्दै गएको मुल आयोजक समितीले जनाएको छ । आज विहिबार पनि महायज्ञमा विभिन्न कार्यक्रम जारि छन् ।

कालिका मावि कपुरकोटलाइ नमुना बनाउनका लागी भन्दै आयोजना गरिएको महायज्ञमा हाल सम्म कलश तथा यन्त्र विक्रि एवम् दानराशिबाट १६ लाख बढि संकलन भएको महायज्ञ मुल आयोजक समितीका महासचिव बामदेव अधिकारिले जानकारि दिएका छन् ।

महायज्ञमा कपुरकोट तीन निवासि माधन गिरि र देवकी गिरिले दुई लाख रुपैयाँ बराबरको आधा रोपनी जग्गा दान गरेका छन् । यस्तै कपुरकोट ३ निवासि मधुसुदन गिरि र सुनीता गिरिले तुला दान गरेका छन् । उनीहरुले आफ्नी आमा पशुपति गिरीको नाममा तुला दान गरेका हुन् । यस्तै महायज्ञमा विभिन्न कार्यालयबाट २२ लाख बढिको प्रतिवद्धता आएको पनि महासचिव अधिकारिले जानकारि दिएका छन् ।

महायज्ञमा १८ पुराणका ज्ञाता बालव्यास पण्डित नारायण न्यौपानेले संगीतमय शैलीमा कथा वाचन गरिरहेका छन् । साथै गोविन्द शरण महाराजको प्रवचन र राष्ट्रिय स्तरका कलाकारहरुको झाँकी, भजन तथा नृत्य पनि महायज्ञमा प्रस्तुत भइरहेको छ । आगामी जेठ १४ सम्म चल्ने महायज्ञ अवधिभर व्रतबन्ध, रुद्री, तुलादान, चौरासी पूजासमेत गर्न सकिने पण्डित नारायण न्यौपानेले जानकारि दिएका छन् ।।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१