ताजा अपडेट

३ करोडमा कालो हिराको ‘डिल’, दरबारमार्गबाट समातिए ८ जना

          |   295 Views   |   Published Date : 23rd May 2018 |

black_diamond_WUaNCkaH7Z

काठमाडौं– ३ करोड रुपैयाँमा कालो हिरा(ब्लाक डायमन्ड) बिक्रि गर्न खोज्ने ८ जना दरबारमार्गमा पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी दानबहादुर मल्ल नेतृत्वको टोलीले लैचचौरका रमेश रजकसहित ८ जनालाई पक्राउ गरेको हो।

गोप्य डिल भइरहेको सूचनाका आधारमा प्रहरीले छापा हानी उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुबाट २ वटा कालो हिरा पनि बरामद गरेको छ। उनीहरुमाथि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाइएकोमा काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१