ताजा अपडेट

सकारात्मक सोचको परिवर्तन गर्न सके उपमहानगरलाइ दुव्र्यसनी मुक्त क्षेत्र बनाउन सकिने – पाण्डे

          |   90 Views   |   Published Date : 23rd May 2018 |

panday

यमकला भुसाल तुलसीपुर, जेठ | तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरलाइ लागु पदार्थ दुव्र्यसनी मुक्त क्षेत्रका रुपमा विकास गर्न सबैजना अघि बढ्नुपर्ने बताएका छन ।

तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा विभिन्न सघं सस्थाँको समन्वयमा मगंलवार देखि तुलसीपुरमा सुरु भएको लागु पदार्थ दुव्र्यशनी न्युनिकरण सम्बन्धी सचेतनामुलक अभियान कार्यत्रमलाइ सम्बोधन गर्दे नगर प्रमुख पाण्डेले यस्तो बताएका हुन ।

“तुलसीपुर उपमहानगरलाइ लागु पदार्थ दुव्र्यसनी मुत्त क्षेत्रका रुपमा विकास गर्नका निम्ती हामी सबैले सकल्प गरेर अघि बढौँ,त्यसो भयो भने मात्र हाम्रो समाज नैतिकवान,सामाजिक मुल्य मान्यता सहित हुन्छ र भविष्य समेत उज्वल हुन्छ” उनले भने ।

उनले लागु पदार्थ दुव्र्यशनी न्युनिकरण गर्न उपमहानगरले बाल सरक्षंण निती पारित गरेको बताए । कार्यत्रमका प्रमुख अतिथी समेत रहेका नगरप्रमुख पाण्डेले हरेक व्यत्तीले असल व्यवहार र सकारात्मक सोचको परिवर्तन गर्न सके मात्र लागु पदार्थ दुव्र्यशनी न्युनिकरण हुने उनले बताए ।

उनले भने –यदि कसैले तपाइलाइ भुक्याएर लागु औषध बेच्न खोज्दै छ भने त्यस्तो व्यत्तीको पोटो,नाम,अथवा मोवाइल नम्मर लिएर तत्काल हामीलाइ जानकारी गराउनुहोस । त्यस्तो व्यत्तीलाइ हामी कडा कार्वाही गछौँ ।

उनले कुनै पनि बालबालिकाहरुको जिवनरक्षामा अफ्ठ्यारो नपार्ने गरि उपमहानगरले काम गर्ने प्रतिबद्धता समेत व्यत्त गरे ।

राष्ट्रिय युवा समितीका सयोजंक सुरेस रावतको अध्यक्षतामा भएको कार्यत्रमलाइ सम्बोधन गर्दे तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का वडा अध्यक्ष विरेन्द्र शाहले पछिल्लो समय तुलसीपुर क्षेत्र लागु पदार्थ दुव्र्यसनीको आश्रय स्थल बनेको बताए । उनले यसलाइ रोक्न हरेक व्यत्ती आ–आफ्नो ठाउँबाट एकजुट हुनुपर्ने बताए ।

यस्तै कार्यत्रमलाइ सम्बोधन गर्दे महिला रक्षक सञ्जाल दाङकी संयोजक सुस्मा गिरीले अधिकाशं मानिसहरु गरिबीकै कारण लागु औषधमा पस्ने गरेको बताइन । उनले नेपालको कानुन अनुसार लागु औषध दुव्यर्सन सम्बन्धी सचेतना जगाउनुपर्ने समेत बताइन ।

तुलसीपुर उद्योग वाणिज्य सघंका महासचिव रुपबहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यत्रमको सञ्चालन वसन्त विवस आचार्यले गरेका थिए । सो अवसरमा नेपाल प्रेस युनियन दाङका अध्यक्ष सुशिल बस्नेतले अभियानका बारेमा जानकारी गराएका थिए ।

मगंलवार देखि सुरु भएको लागु पदार्थ दुव्र्यशनी न्युनिकरण सम्बन्धी सचेतनामुलक अभियान तुलसीपुर उपमहानगर भित्रका १९ वटै वडामा सञ्चालन गरिने छ भने असार ६ गतेसम्म यो अभियान जारी रहने छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१