ताजा अपडेट

चलचित्र प्रेमनाथको शुभमुर्हुत

          |   1344 Views   |   Published Date : 23rd May 2018 |

33207331_1762088660496730_224840515743383552_n

रिता लामा घोराही, ९ जेठ । नेपाली कथानक चलचित्र प्रेमनाथको बुधवार पाण्डवेश्वर मन्दिर धारापानीमा शुभमुर्हत गरिएको छ । दाङका कलाकार गणेश बेलवासेको लेखन तथा निर्देशनमा बल्न लागेको उक्त चलचित्रलाई डोनको साहेताले मन्दिर र त्यसवरिपरिको दृष्य खिचेर फिल्मको छायाङ्कन प्रारम्भ गरिएको थियो ।


स्थानिय तथा राष्टिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको अभिनय रहने उक्त चलचित्रमा दाङका कलाकारहरु सुदन थापा, तेजजंग लगायतका पनि छन । राष्टिय कलाकारहरुमा सुरवीर पडित, मोहोन निरौला, निर शाह, मिथिला शर्मा र चर्चित नायिका शिल्पा पोखरेल रहेको निर्देशक वेलवासेले जानकारी दिए ।

यस्तै चलचित्रको लागि अन्य केही मुख्य कलाकारसँग पनि कुरा भैरहेको उनले बताए । करिव एक करोडको लागतमा उक्त चलचित्र निर्माण गर्न लागिएको र दाङ, बाके, बुटवल, रुकुम, रारा ताल, भारतको लखनउ लगायतका स्थानमा चलचित्रको छायाङ्कन गरिने उनले जानकारी दिएका छन ।

चलचित्रको लागि दाङका व्यवसायी खड्क बुढाथोकी, महेश श्रेष्ठ, निश्चल रावत लगायतको लगानि रहने बताइएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१