ताजा अपडेट

सहमतीमै राजधानी घोषणा हुनुपर्छ –ज्ञवाली

          |   166 Views   |   Published Date : 22nd May 2018 |

yubraj

यमकला भुसाल दाङ , जेठ | नेकपा एमालेका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले सहमतिमै प्रदेश नं. ५ को राजधानी घोषणा गरिनुपर्ने बताएका छन् ।

मंगलवार रिपोटर्स क्लव नेपाल दाङ शाखाले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उनले बहुमतका आधारमा राजधानी घोषणा गर्दा तिक्तता र बैमनस्यता बढ्ने हुँदा सहमतिमै घोषणा हुनुपर्ने माग गरेका हुन । ‘सबै जनताको सहज पहुँच हुने ठाउँको खोजी गरेर औचित्यका आधारमा राजधानी घोषणा गरिनुपर्छ ।’ नेता ज्ञवालीले भने । प्रदेशको स्थायी राजधानी घोषणा गर्ने अधिकार प्रदेश सरकारलाई भएको भन्दै आवश्यकता र विवेकका आधारमा राजधानी घोषणा गरिनुपर्ने उनले बताएका थिए |

त्यस्तै उनले देशमा भ्रष्टचार व्याप्त रहेको हुँदा सरकार कडाईका साथ त्यको अन्त्यका लागि अगाडि बढ्नु पर्ने बताएका छन् । ‘राजनीति सेना, प्रहरी वा अन्य जन कुनैपनि क्षेत्रमा भ्रष्टचार व्याप्त छ । त्यो अन्त्य नगर्दासम्म देश संवृद्ध देश बन्दैन ।’ देश संवृद्धिको सपना सार्थक तुल्याउन पहिलो सर्त भ्रष्टचार अन्त्य गर्न जरुरी रहेको बताएका उनले भ्रष्टचारीलाई कसैले पनि संरक्षण गर्न नहुने बताए ।

त्यस्तै नेपाली विषेशताको संघीयता नेपालमा स्थापित गर्न आवश्यक रहेको उनले बताएका छन् । कुनैपनि देशको नक्कल नगरी स्थानीय तह, प्रदेश र संघ सबैलाई अधिकार विभाजन गर्दै सबैलाई संवृद्धिको मार्गमा लैजाने नेपाली मोडेलको संघीयता आवश्यक परेको उनले बताए । नेता ज्ञवालीले अझैंपनि केन्द्रमा मात्रै शक्ति रहने खालको संघीयताको अभ्यास गर्न खोजिएको भन्दै शक्तिको विकेन्द्रीकरण हुने खालको संघीयता आवश्यक रहेको बताए ।

त्यस्तै ठूलो पार्टी भएको तथा चुनाव जितेको अहंकार नपाल्न उनले आग्रह गरे । राजनीतिक रुपमा यतिबेला बामशक्तिहरु सगरमाथाको चुचुरोमा रहेको रहेतापनि काम नगरी अहंकार मात्रै पालेमा अर्काै चुनामा जनताले सगरमाथावाट फेदमा झार्न सक्ने उलने बताए । उलने संविधान र जनतालाई सर्वोच्च मानेर नयाँ लोकतान्त्रिक तरिकाले अगाडि बढ्ने बताए । ‘ अधिनायकवादको बाटो हैन अब समाजवादको बाटोमा हिड्न सक्नुपर्छ ,’ नेता ज्ञवालीले भने । वैज्ञानिक समाजवाद आफुहरुको अभिष्ट भएको बताएका उनले समाजवाद अहिले नै संभव नभएपनि त्यसको आधारहरु तयार पार्ने गरि काम गर्न आवश्यक रहेको बताए ।

रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कार कार्यत्रमलाइ सम्बोधन गर्दे तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आम जनतालाइ अभिभावकत्व प्रदान गर्ने बताए । उनले तुलसीपुर उपमहानगरलाइ स्पोर्ट सिटीका रुपमा स्थापीत गर्ने बताए । लामो समयदेखि बन्द रहेको तुलसीपुर स्थित टरिगाउँ विमान स्थललाइ सञ्चालनमा ल्याउन महत्वपुर्ण काम सम्पन्न गरेको उनले बताए ।

आउने वर्षमा तुलसीपुर उपमहानगरपालिकालाइ सकल्प गरे अनुसार समुन्नत,समृद्ध र हरीयाली सहर र नेपालको एउटा नमुना योग्य उपमहानगरका रुपमा स्थापीत गर्ने छौ । पाण्डेले भने । साक्षात्कार कार्यत्रमको सहजीकरण रिपोर्टस क्वल दाङका सचिव विमल गौतमले गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१