ताजा अपडेट

दाङमा गण्डकी विकास बैकको शाखा

          |   190 Views   |   Published Date : 22nd May 2018 |

33074634_903830559802016_5585739967860047872_n घोराही, ८ जेठ । दाङको घोराहीमा गण्डकी विकास वैकको शाखा स्थापना भएको छ । शाखाको मंगलवार एक औपचारीक कार्यक्रमको आयोजना गरि उत्घाटन गरिएको छ ।

बैकका संचालक बासुदेव त्रिपाठीको अध्यक्षता एवम घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा बैकको उत्घाटन गरिएको थियो । बैकको उत्घाटन गर्दै चौधरीले स्थानिय सरकारको कामकावाहीलाई बैकको सेवा विस्तारले सहज बनाएको बताएका थिए ।

साथै उनले अव स्थानिय सरकार गाउँगाउँमा पुगे पनि बैकहरु पुग्न नसकेको हुदा अव बैकहरुले पनि ग्रामिण क्षेत्रमा आफ्नो सेवा विस्तार गर्नुपर्ने बताए ।
कार्यक्रममा घोराही उद्योग बाणिज्य सघका अध्यक्ष नारायण भुसाल, पत्रकार सुर्दशन रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन मिलन कुमार पुनले गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१