ताजा अपडेट

क्यान्सर पीडित छोरीलाई बचाई दिन आमाको आग्रह

          |   151 Views   |   Published Date : 22nd May 2018 |

33079096_903830979801974_5338843150079229952_n दाङ, जेठ   । घोराही उपमहानगरपालिका–७ पर्साकी भगवती घर्ती मगरले क्यान्सर पीडित छोरीलाई बचाई दिन आग्रह गर्नुभएको छ । भगवतीले मंगलबार घोराहीमा पत्रकार सम्मेलन गरी आफ्नी १५ वर्षिया छोरी नारायणी घर्ती मगरलाई बचाई दिन आग्रह गर्नुभएको हो ।


आफ्नो आर्थिक अवस्था कमजोर भएको भन्दै भगवतीले क्यान्सर पीडित छोरीको उपचारका लागि सहयोग गरिदिन सबैमा आग्रह गर्नुभयो । घोराही–१५ स्थित हिन्द्र विद्यापीठको कक्षा ८ मा अध्ययनरत नारायणी विगत १ महिनादेखि क्यान्सरबाट पीडित हुँदै आउनुभएको छ ।


देब्रे हातको पाखुरामा क्यान्सर भएकी नारायणीको क्यान्सर अस्पताल चितवनमा उपचार हुँदै आइरहेको छ । डाक्टरले उपचारका लागि ४ लाख खर्च लाग्ने बताएको भन्दै भगवतीले आफूसँग छोरीको उपचार गर्ने पैँसा नभएको बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै भगवतीले भन्नुभयो, ‘आर्थिक अवस्था कमजोर हुँदा छोरीको उपचार गर्न समस्या आएको छ । डाक्टरले ४ लाख खर्च हुन्छ भनेका छन् । काँ बाट ल्याउने होला त्यत्रो पैँसा समस्यामा परेका छौं । सहयोगका लागि अनुरोध गर्दछु ।’
नारायणीको उपचारमा सहयोग गर्न चाहनेहरुले उहाँकी आमा भगवती घर्ती मगरको ९०९०००३८, ९४७९१५०१ मोवाइल नम्वरमा सम्पर्क गर्न सकिने छ । त्यस्तै वैंक अफ काठमाडौंमा भगवती घर्ती मगरको ०५१८००००१६४८ खातानम्वरमा जम्मा गर्न पनि सकिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । साथै विदेशबाट सहयोग गर्न चाहनेहरुले द्यइप्ील्भ्प्ब् मा जम्मा गर्न सकिने छ ।
पत्रकार सम्मेलनमै नगद सहयोग

33097387_903830909801981_4047570702939717632_n
यसैबीच पत्रकार सम्मेलनमै क्यान्सरपीडित नारायणीको उपचारका लागि सहयोग हस्तान्तरण गरिएको छ । घोराही–१६ का अध्यक्ष लछिनप्रसाद घर्ती मगरले ५ हजार, वडानम्वर–१५ का अध्यक्ष रमेश पाण्डेले २ हजार र युवा व्यवसायी लेखराज डिसीले ५ हजार क्यान्सरपीडित बालिका नारायणीलाई हस्तान्तरण गर्नुभएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१