ताजा अपडेट

बर्दियामा बस दुर्घटना,२१ जना घाइते

          |   144 Views   |   Published Date : 21st May 2018 |

गुलरिया, जेठ ७ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत बर्दियाको बाँसगढी नगरपालिका वडा नम्वर ३ स्थित उत्तरभकारीमा सोमबार बिहान बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। पोखराबाट महेन्द्रनगरतर्फ गइरहेको ना ५ ख ८९७ नम्बरको यात्रुबस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ६ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । प्रहरीका अनुसार बाँसगढी नगरपालिका वडा नम्वर ८ का १७ वर्षीय विरबहादुर विक, चुरे कैलालीकी ५वर्षीया श्रृष्टि तामाङ्ग, कास्की वेगनासताल निवासी ३० वर्षीय मनिषा पोखरेल र ६ बर्षकी छोरी सम्वृद्धि पोखरेल, कञ्चनपुर बलौरी ६ निवासी २२ वर्षीय सुकराम राना र कास्की पोखरा लेखनाथ मनपा का २७ वर्र्षीय अमृत कुमार श्रेष्ठ गम्भीर घाइते भएका छन्।

घाइतेहरुको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। उनीहरुको टाउको, हातखुट्टा, लगायत शरीरमा चोटपटक लागेको छ। घाइतेमध्ये १५ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

दुर्घटनाको विस्तृत विवरण आइसकेको छैन। दुर्घटनामा तीनजना नेदरल्याण्डका पर्यटकहसमेत सामान्य घाइते भएको प्रहरीले जनाएको छ । अन्नपुर्ण पोष्ट

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१