ताजा अपडेट

पश्चिम नेपालमै पहिलो कुचो उद्योग

          |   191 Views   |   Published Date : 21st May 2018 |

IMG_20180519_132358 देउखुरी,जेठ  । पश्चिम नेपालमै पहिलो पटक दाङको लमहीमा कुचो उद्योग स्थापना भएको छ । बजारमा भारतीय कुचोले स्थान लिइरहेको बेला दाङ देखि पश्चिमी क्षेत्रलाई लक्षित गरि लमही नगरपालिका ३ बनगाउँमा सन्जु आरती कुचो उद्योग स्थापना गरिएको हो ।

स्थानीय दुइ जना यूवा रामचरण चौधरी र भोजराज भुसालको सकृयतामा ५० लाखको लगानीमा कुचो उद्योग स्थापना गरिएको छ । बिना मेसिन औजार सामान्य घरेलु औजारको प्रयोग गरि निर्माण गर्न सकिने कुचो उद्योगले दैनिक चार हजार कुचो उत्पादन गर्न सक्ने र ४० जना स्थानीयहरुलाई रोजगारी दिन सक्ने क्षमता राख्दछ ।


वन कार्यालयमा कार्यरत कर्मचारी रामचरण चौधरीले पश्चिम पहाडी जिल्ला पाल्पा, नपलपरासी जिल्लामा सफल रुपमा अमरीसो खेति र कुचो बनाउने तालिम संचालन गर्नुभएका थियो । स्थानीय बेरोजगार महिलाहरु लाई रोजगारी दिने उदेश्यका साथ स्थापना गरिएको कुचो उद्योग वाट स्थानीय बेरोजगार महीलाहरुले राम्रो आम्दानी गर्न सक्ने सम्भावना बढेको छ ।
कालीगढलाई कुचो निर्माण गरेको आधारमा भुत्तानी गर्ने गरि कुचो निर्माण गर्ने तालिम दिएर उद्योगमै रोजगारी दिइनेछ । प्रति गोटा बजार खुद्रा मुल्य ४५ रुपैयाँ देखि ६० रुपैयाँमा विक्री हुदै आएको अमरीसोको कुचोलाई उद्योगले ५० रुपैयाँमा गुणस्तरीय कुचो उपलव्ध गराउन सक्ने संचालक रामचरण चौधरीले जानकारी दिनुभयो । बजारमा ४५ देखि ६० रुपैयाँ पर्छ,हामी थोकमा ५०मा उपलव्ध गराउने लक्ष्य लिएका छौ । चौधरीले भन्नुभयो । १० वर्ष अमरीसो खेति र कुचा बनाउने तालिममा बिताउनु भएका चौधरी आफैले अमरीसोको कुचो निर्माणमा दख्खल राख्नहुन्छ ।

एकजना गालीगढले दैनिक बढीमा चारसय कुचो बनाउन सक्ने र प्रतिगोटा कुचोमा कालीगढलाई पाँच रुपैयाँमा भुत्तानी दिने गरी रोजगारी दिइएको छ । छ कठ्ठा क्षेत्रफलको आफ्नै जग्गामा तीनवटा भवन निर्माण गरि कुचो उद्योग संचालन गरिएको पहिलो चरणमा तीन लाख ५० हजार गोटा कुचो उत्पादन गर्न सक्ने कच्चा पदार्थ अमरीसो खरिद गरिएको उद्योग संचालक भोजराज भुसालले जानकारी दिनुभयो । चार सय देखि साडे चारसय ग्राम अमरीसो वाट प्रति गोटा कुचो बन्न सक्ने कच्चा पदार्थमा समस्या नआउने संचालकहरुले बताएका छन् । पहाडी जिल्लामा आफुहरुकै सकृयता अमरीसो खेति गरिएको जानकारी दिदै आबश्यक परे अन्य पहाडी जिल्लामा किसानहरुलाई अमरीसो खेति तर्फ आकर्षित गर्ने कार्यक्रम संचालन गर्ने संचालकहरु बताउँछन ।
दाङ देखि पश्चिम क्षेत्रमा नेपाली कुचो उद्योगले माग पुर्ति गर्न नसकेको अवस्थामा स्थानीय स्तरमा उत्पादन गरिएको कुचोले पूरा गर्न सक्ने उनिहरुको भनाइ छ । लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बाबुराम चौधरीले सामान्य मेहनत वाट स्थानीय नागरिकहरु लाई रोजगारी दिन सकिने यस्ता उद्योगले आर्थिक शशत्तिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आगामी वर्षमा वडा कार्यालय वाट सामाजिक विकास कार्यक्रम अन्तरगर्त महिलाहरुलाई कुचो बनाउने तालिम संचालन गर्ने बताउनुभयो ।

IMG_20180519_123640

यसैविच एक औपचारिक कार्यक्रम विच कुचो बनाउने तालिमको उदघाटन गरिएको छ । संचालक रामचरण चौधरीको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष बाबुराम चौधरीको प्रमुख आथित्यतामा भएको कार्यक्रमको उदघाटन वडाअध्यक्ष चौधरीले गर्नुभयो । उदघाटन कार्यक्रममा समाजसेवी लेखराज रेग्मी,पत्रकार दिवाकर पोख्रेल,भोजराज भुसालले तालिमको सफलताको कामना गर्नुभएको थियो । पहिलो चरणको तालिममा ४० जना स्थानिय महिलाहरुको सहभागिता रहेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१