ताजा अपडेट

परिवार नियोजनमा नयाँ कार्यसमिती

          |   151 Views   |   Published Date : 21st May 2018 |

33036769_2073788409502852_3113651814138904576_n रीता लामा घोराही, ७ जेठ । नेपाल परिवार नियोजन दाङ शाखाले नयाँ कार्यसमिती चयन गरेको छ । शाखाले सोमवार घोराहीमा ४० औ साधारणसभा एवम १३ औ अधिवेशनको आयोजना गरि नयाँ कार्यसमिती चयन गरेको हो ।

शाखाको अधिवेशनले तिर्थ सन्तोषिको सभापतित्वमा १३ सदस्यसीय नयाँ कार्यसमिती चयन गरेको छ । जसको महिला सदस्यहरुमा बालिका लम्साल, पुष्पा श्रेष्ठ, माया पोखरेल रहेका छन । त्यस्तै युवा सदस्यहरुमा लक्ष्मी आचार्य, सिद्धिका खरेल, सन्तोष खनाल रहेका छन भने अन्य सदस्यहरुमा भरतराज देवकोटा, प्रमोद खरेल, किरण न्यौपाने र रत्नमणि पाण्डे रहेका छन ।


यसैबीच साधारणसभा एवम अधिवेशनको उत्घाटन सत्रमा बोल्ने वक्ताहरुले परिवार नियोजनले विशुद्ध सेवा भावले निशुल्क एवम विश्वस्निय सेवा दिएको भन्दै प्रसंसा गरेका थिए ।

सर्वसम्मत निर्वाचित तिर्थराज सन्तोषिको अध्यक्षता एवम घोराही उपमहानगरपालिकाका उपमेयर सीता न्यौपानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पत्रकार बसुन्धरा गौतम, त्रिभुवन नगर जेसिजका अध्यक्ष लालमणि भण्डारी, महिला जेसिजकी डोमा पाण्डेय, उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष बसन्तराज जोशी पुर्व अध्यक्ष निर्मला गौतम, नारायणप्रसाद अधिकारी, गुरुप्रसाद रेग्मी, युएनएफपीएका राम थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१