ताजा अपडेट

घोराहीको एक होटलमा भिषण आगलागि : नगरपालिकाको लापरबाही रहेको स्थानियको भनाई

          |   743 Views   |   Published Date : 21st May 2018 |

33032873_978803108964663_7486548499996082176_n दिपक वली घोराही ७ जेष्ठ | एकान्त बाटो भित्रि गल्लि र त्यहा रहेको एउटा होटलबाट आगोको मुस्लो निस्कियो र त्यो गल्लिमा रहेका मानिस हरुको कोलहाल मच्चियो , मान्छेको भागदौड मच्चिरहेको थियो के भयो भन्दा त्यँहा वास्तबिक आगलागि भैरहेको थियो ।

घोराही उपमहानगरपालिका १५ तुलसिपुर चोकमा अबस्थित भक्त बहादुर के.सिको घरमा रहेको न्यु लुम्बिनि खाजा घरमा आगलागि हुदा लाखौको क्षेति भएको छ । ग्यास सिलिन्डर लिग हुदा आगलागि भएको थियो । गुल्मि जिल्ला बाट ब्यबसाय सुरु गर्ने हेतुले दाङ आउनुभएका इस्वर बेलबासेले ३ दिन अघि मात्र उक्त होटल ८० हजारमा खरीद गर्नु भएको थियो ।

लगतै करीव एक लाख बिसहजार बराबरको सामान थप्नु भएको थियो र जम्मा जम्मि २ लाख बराबर क्षेति भएको पनि अग्नि पडित बेलबासेले बताउनुभयो । उँहाले आज बाट होटल संचालञ गर्न सुरु गर्नुभएको थियो । २÷४ पैसा कमाउने आसले उँहाले होटल त खोल्नुभयो तर अपसोच उँहाको होटलमा सुरुकै दिन आगलागि भयो र भित्र रहेका सम्पुर्ण सामानहरु जलेर नष्ट भएको पनि उँहाले बताउनुभयो ।

सानो लगानिबाट सुरु गरेको होटलमा आगलागि हुदा आफ्नो सबै सपना चक्नाचुर भएको उँहाले बताउनुभयो । घोराही उपमहानगरपालिकाको दमकल समयमा नआउदा पनि आगलागिबाट धेरै क्षेति भएको स्थानिय तथा प्रतक्षदर्शि बताउछन ।यस बिषयमा घोराही उपनपाका मेयर नरुलाल चौधरी संग बुझ्दा घोराही बजारको मुटु रहेको तुससिपुर चोकमा पनि दमकल समयमा नपुग्नु दुखद भएको बताउदै आफुले यो कुराको सत्य तत्थ पत्ता लगाउने बताउनुभयो ।

ग्याँस ब्यबसायि समितिका सन्तोष श्रेष्ठ र कृष्ण वलिको नतृक्त्वमा आयका अग्नि नियन्त्रक टोलिको स्थानिय बासि ,गौतमको जम्बो पानि ट्याङकर र नेपाल प्रहरीको अथक प्रयास पछि आगो नियन्त्रणमा आएको उक्त होटलका घरधनि भक्तबहादुर के.सिले बताउनुभयो ।आगलागिबाट मानबिय क्षेति भने नभएको जिल्ला प्रहरी प्रमुख दुर्गा सिंहले बताउनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१