बायु गुणस्तर मापन यन्त्र आईपुग्यो, घोराहीको रामपुरमा मेसीन राखिदै

घोराही, ६ जेठ | दाङमा वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि मेसीन आईपुगेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर २ को रामपुरमा स्थापना गर्ने गरि वाताबरण मन्त्रालय वाताबरण बिभाग सँग भएको सम्झौता अनुसार मेसीन आईपुगेको हो । घोराही उपमहानगरपालिकाको वडा नम्बर २ रामपुरमा उक्त वायु गुणस्तर मापक केन्द्र स्थापना गर्ने गरि उपमहानगरका मेयर नरुलाल चौधरी र विभागका सिनियर डिभिजनलर केमिस्ट शंकरप्रसाद पौडेल बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । घोराही सिमेन्ट उद्योगबाट निस्कने धुलो, धुवा सहित घोराही बजारको समेत बायु प्रदुषणको मापन गर्ने क्षमता सहितको करिब १ करोड २५ लाख रुपैयाँको उक्त बायु गुणस्तर मापन मेसीन आज रामपुरमा ल्याईएको छ । सिमेन्ट उद्योग सहित अन्य उद्योगहरुबाट निस्कने धुलो र धुवाको मात्रा पत्ता लगाएर त्यसलाई न्यूनिकरण गर्ने उदेश्य लिइएको नगर प्रमुख नरुलाल चौधरीले बताउनुभयो । उद्योगबाट निस्कने धुलो, धुवा, फोहोर जलाएर निस्कने धुवा र पुराना गाडीबाट निस्कने धुवा सबै छुट्याउने र त्यसपछि न्यूनिकरण गर्नका लागि काम थालिने विभागका बाताबरण निरीक्षक निर्मल चौधरीले जानकारी दिनुभयो । पश्चिमबाट पूर्वतर्फ हावाको बहाव बहने भएका कारण घोराही सिमेन्ट उद्योगको पूर्वीभाग रामपुर बजारको रामपुर प्रहरी चौकीको हाताभित्र उक्त राखिने मेसिनलाई घोराही बायु गुणस्तर मापन केन्द्र नाम दिइएको छ । Facebook Comments