ताजा अपडेट

राजमोको आगामी कार्यक्रम सार्वजनिक

          |   70 Views   |   Published Date : 20th May 2018 |

घोराही, जेठ । भर्खरै नव निर्वाचित राष्टिय जनमोर्चाका नयाँ कार्यसमितीले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राजमोले आइतवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि जिल्ला कमिटीले गर्ने आगामी कार्यक्रम सार्वजनिक गरेको हो ।

राजमोका नव निर्वाचित अध्यक्ष गणेश आचार्यको अध्यक्षता एवम निर्वतमान अध्यक्ष रेशम विसिको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रममा अध्यक्ष आचार्यले पत्रकारहरुलाई आफ्नो कार्यक्रम बारे जानकारी गराएका थिए ।

आगामी कार्यक्रमबारे जानकारी गराउदै उनले आगामी दिनमा पनि संघियताको विरोधमा सभा, अन्र्तक्रिया, गोष्ठी, कार्यकर्ता भेटघाट गर्ने, पाटीको मुखपत्र प्रकाशन गर्ने, स्थानिय तहमा बढेको भ्रष्टचारको विरोध गर्ने, नेता कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिने । पछिल्लो समय बढेको मुल्य बृद्धिको ससक्त विरोध गर्ने, विकासको काम गर्न सत्तामा रहेका नेतालाई घचघच्याउने जस्ता रहेको बताएका छन ।
पत्रकार सम्मेलनमा संचारकर्मीले गरेको सवालको जवाफ दिदै राजमो अध्यक्ष आचार्यले आफुहरुले अव निरन्तर संघियता खारेजीको मुद्दालाई अगाडी बढाउने बताए । साथै उनले अहिले काग्रेस स्थानिय तहको सत्तामा रहेको हुदा राजमो ससक्त प्रतिपक्ष भएको दावि गरे । राजमोका जिल्ला सहसचिव ऋषिराम पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सजिकरण उपाध्यक्ष महेश चौधरीले गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१