ताजा अपडेट

दशगजामा भारतीय युवाले आक्रमण गर्ने खतरा

          |   164 Views   |   Published Date : 20th May 2018 |

custom-check-post-dasgaja

कञ्चनपुर । नेपाल र भारत सीमाको दश गजा छेउँमै रहेको डोकेबजार शनिबार दिउँसो सुनसान थियो । भारतीय युवाहरुबाट धम्की आएपछि त्रासमा रहेका स्थानीय बासिन्दा तथा व्यापारी सुरक्षित वातावरण बनाउनुपर्ने माग गर्दै प्रहरी चौकीमा भेला भएका थिए ।

‘सीमापारि युवाबाट धम्की आएकाले हामी कसैबाट घट्ना घटछ कि भनेर सबै त्रसित भएका छौं,’डोकबजार व्यवस्थापन समितिका अध्यक्ष मेघराज कनौजियाले भने,‘सीमा नजिक उसै पनि सुरक्षा संवेदनशीलता हुन्छ, प्रहरीको गल्तीका कारण हामी निराशामा परेका छौं ।’

प्रहरीले सर्वसाधारण जोखिममा पार्नेगरी भारतीय युवाबाट १ लाख ८३ हजार पैसा लिएको स्थानीय बताउँछन् । प्रहरीले त्यो लिएको पैसा फिर्ता गरेमात्र त्रास कम हुने स्थानीय युवा भरतबहादुर सिंहले बताए ।

‘प्रहरीले झुठो कुरा गरेर उनीहरुबाट १ लाख ८३ हजार लिएको फिर्ता हुनुपर्छ’, उनले भने । भारतीय युवा र प्रहरीबीच विवाद हुँदा प्रहरीको सुनको चेन र लकेट हराएको भन्दै १ लाख ८३ हजार प्रहरीले उनीहरुबाट लिएको स्थानीयको भनाइ छ । (नागरिक दैनिक)

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१