ताजा अपडेट

राप्ती गापामा मगर होमस्टे बनाउने तयारी

          |   168 Views   |   Published Date : 19th May 2018 |

33028984_1758077274231202_8031358890970972160_n तीर्थराज ज्ञवाली भालुवाङ,  जेठ । राप्ती गाउँपालिकाको यस आर्थिक बर्षको स्वीकृत कार्यक्रम अनुसार राप्ती गाउँपालिकाको वडा न. ६ को थारु बस्ती बगरापुर र वडा न. १ र २ को मगर बस्ती बगासोती र स्यानिघोषमा होमस्टे सञ्चालन गर्ने उद्देश्यले होमस्टे सञ्चालन पुर्व तयारी तालिम पश्चात होमस्टे सञ्चालक, जनप्रतिनिधि तथा राप्ती गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरुलाई होमस्टे सञ्चालन भएका स्थानहरुको अध्ययन अवलोकन भ्रमण गराईको छ ।


चार दिने अध्ययन अवलोकन भ्रमण कार्यक्रममा राप्ती गाउँपालिकाको समुन्नत विकासमा राप्ती गाउँपालिकाको प्राकृतिक, भौगोलीक, सास्कृतिक, आर्थिक विकासका लागि थप कार्य गर्नका लागी होमस्टे सञ्चालन भएका नवलपरासी जिल्लाको पिप्रहर सामुदायिक होमस्टे ग्राम, पोखराका पर्यटकीय तथा सास्कृतिक स्थल तथा होमस्टे सञ्चालीत स्थान, कालीगण्डकी जलविद्युत आयोजना, पाल्पाको पहाडीक्षेत्रमा संञ्चालीत होमस्टे तथा धामीक पुरातात्वीक स्थलहरु, नवलपरासीको सीजी टेम्पल लगायतका स्थानको अध्ययन अवलोकन भ्रमण गरिएको हो ।

राप्ती गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय प्रमुख, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रस्तावित होमस्टे सञ्चालक तथा शाखा प्रमुखहरुको सहभागीता रहेको अवलोकन भ्रमणमा होमस्टे सञ्चालन गर्दै आएका नवलपरासी, पोखरा, पाल्पाका होमस्टे सञ्चालकहरुसंग अन्तरक्रिया समेत गरिएको छ । अवलोकन टोलीले नवलपरासी जिल्लाको पिप्रहर होमस्टे ग्राममा अन्तरक्रिृया गर्दै पिप्रहर होमस्टे सञ्चालकहरुले प्रस्तुत गरेको सास्कृतिक कार्यक्रमको अवलोकन समेत गरेको छ ।
राप्ती गाउँपालिकाको होमस्टे अवलोकन टोलीले नवलपरासी जिल्लाको पिप्रहर होमस्टे ग्राममा अन्तरक्रिया गरेपश्चात राप्ती गाउँपालिकाको तर्फबाट बोल्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले राप्ती गाउँपालिकामा पनि होमस्टे संञ्चालन भएपछि कला संस्कृति आदान प्रदान तथा अवलोकनका लागि पिप्रहर वासीलाई आमन्त्रण गरेका थिए ।
नवलपरासीको पिप्रहर होमस्टे ग्राममा होमस्टे सञ्चालनमा सुरुमा केहि समस्या रहेपनि सबैको साथले आम्दानिको श्रोतको बिद्वीसंगै थारु तथा मगर समुदायको कला सस्कृतिको जगेर्नागर्न आफुहरु सफल भएको होमस्टे सञ्चालक पे्रम बहादुर गुरुङले जानकारी दिएका छन । राप्ती गाउँपालिकाको होमस्टे सञ्चालन गर्न छनौट गरिएका बगरापुर थारु होमस्टे तथा बगासोति, स्यानिघोस मगर होमस्टे सञ्चालकहरुले विभिन्न स्थानको अवलोकन गरिसकेपछि आफुहरुमा थप हौसला तथा होमस्टे सञ्चालन गर्न ज्ञान शिप प्राप्त भएकोले उत्साहित भएको बताएका छन् ।
राप्ती गाउँपालिकाको वडा न. १,२ र ६ को बगरापुर, स्थानिघोष र बगासोतिमा थारु र मगर समुदायको उच्च कला संस्कृति तथा भौगोलिक सुन्दरता रहेकोहुदा यी स्थानहरुमा होमस्टे संञ्चालनको सम्भावना रहेको वडा न. १, र ६ का जनप्रतिनिधि बेद प्रसाद चौधरी र पुर्णजंग रेश्मीको भनाईरहेको छ । राप्ती गाउँपालिकाको समुन्नत विकासमा टेवा पुराउने उदेश्यका साथ होमस्टे सञ्चालनका लागि अध्ययन अवलोकन भ्रमण गरिएको अवलोकन भ्रमणका संयोजक नारायण राउतले बताए ।

राप्ती गाउँपालिकामा रहेका मगर तथा थारु समुदायको संस्कृतिको संरक्षण र सम्ब्रदन गर्दै आर्थीक उपार्जनका लागी होमस्टे सञ्चालक हरुलाई अवलोकन भ्रमण गराईएको र आथीक उपार्जनका लागि होमस्टे सञ्चालन राम्रो माध्यम भएको राप्ती गाउँपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख धर्मराज वली बताए । राप्ती गाउँपालिका क्षेत्र भित्र रहेका प्रचुर सम्भावनाको खोजी गर्न अध्यन अवलोकन भ्रमण उपलब्धीमुलक रहेको भ्रमण टोलीमा सहभागी राप्ती गाउँपालिकाका राजश्व शाखा प्रमुख रेशम राज अधिकारीको भनाई रहेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१