ताजा अपडेट

कथा : प्रेम

          |   174 Views   |   Published Date : 18th May 2018 |

दीपक जी.एम " आर्जव "  

32970396_901997276652011_8572834029387120640_n

मायाको परिभाषा थाहा नभएका कमै होलान ,दुई अक्षरले बनेको माया भन्ने शब्दलाई जति बुझ्न खोज्यो त्यति नै डुब्न बाध्य हुन्छन जो कोही पनि....! ठूलो खानदानकी एक्ली छोरी रश्मि जसको पालन पोषण ,स्याहार सुसारमा कुनै कमी भएन ।

उध्योगपति रण बहादुर शाहको नाम नसुनेको कमै मात्रामा थिए होलान,गरिबीको गन्ध समेत मन नपराउने रण बहादुर शाहलाई छोरीको जीवनशैली प्रति ठूलो चिन्ता थियो ।आफू जति धनवान भएपनि छोरीको जिउने तरिकालाई बदल्न सकेका थिएनन,छोरीको करले गर्दा साधारण कलेजमा उनको भर्ना गराई दिएका थिए । रश्मि सारै दयालु स्वभावकी थिइन ,कम बोल्ने र कसैसंग पनि चर्को बोलीमा बोल्दैनथीन।

एकदिन रश्मि कलेज बाट फर्किने क्रममा एकजना केटालाई दुई अन्धा बूढाबूढीलाई बाटो पार गराउँदै गरेको देख्छिन ,रश्मि सारै भावुक हुन पुग्छिन ।बेलका खाना खाइसके पछि कोठामा गई पल्टिन्छिन अनि त्यही केटाको बारेमा सोच्न थाल्छिन । भोलिपल्ट बिहान कलेज जांदै गर्दा पुन: त्यही केटालाई सर-सफाई गरेको देख्छिन ,आफूले पढ्ने कलेजको टि-शर्ट त्यस केटाले लगाएको देखेर अचम्म पर्दै यताउता हेर्न थाल्दा आफ्नै कलेजका अन्य बिध्यार्थीहरुलाई पनि सर-सफाई गरेको देख्छिन । त्यतिकैमा संगै पढ्ने बबिताले रश्मीलाई कोट्टयाउदै ” ओई रश्मि के टोलाई रहेको ,आउ न हामीलाई सघाउन..यँहा सर-सफाई अभियान चलिरहेको छ त्यसैले त हामी आएका हौं ”।

बविताको कुरा सुनेर पनि नसुने झै गर्छिन ,बाटोभरि त्यही केटाको बारेमा नानाथरीका कुराहरु खेलाउँदै आफैमा मुसुमुसु हांस्दै अगाडी बढ्छिन ।क्लास भ्याएर खाजा खानको निम्ति क्यान्टिनमा पुग्छिन ,खाजा खादै गर्दा एकाएक बिध्यार्थीहरुको हुल भित्र छिर्छ । सबैजना अभियानमा गएका बिध्यार्थीहरु हुन्छन,बबिता सिधै रश्मि बसेको ठाउँमा आई बस्छिन ।” रश्मि किन केही नभनी आयौं ” भनी बबिताले प्रश्न गर्छिन ।जवाफमा ” मलाई आज अलिक निको थिएन त्यसैले म कलेज आए ” । बबिता अलि चनाखो र चटपटी खालको थिइन ,सधै चकचक गरिरहने उनको बानी थियो । रश्मि खाजा भ्याएर निस्किन लाग्दा ढोकामा एक्कासी उनको त्यही केटासंग जम्का भेट हुन्छ,उसलाई देखेर रश्मिको अनुहारको रंग नै उड्छ ।

” हेलो म राजेश…म…म… रश्मि…। खुसी लाग्यो नंया रहेछौ ”…अ नंया हु र भर्खर देखी क्लास लिदै छु ,पढाई शुरु भइसक्यो म जान्छु है ..यति भन्दै रश्मि क्लास तीर लाग्छिन ।राजेश उनी गएको हेरी रहन्छ, रश्मि क्लासमा छिर्न लाग्दा एकपटक पछाडी फर्केर हेर्छिन ,राजेश उनलाई नै हेरिरहेको हुन्छ मन्द मुस्कान दिदै रश्मि भित्र छीर्छीन । बेलका कलेज बिदा भएपछि रश्मि घर तीर लाग्छिन,हिजो कै ठाउँमा आएर राजेशलाई यताउता हेर्न थाल्छिन तर कतै नदेखे पछि निरास हुदै बाटो पार गर्न थाल्दा एकाएक एउटा कार उनको नजिकै आइपुग्छ त्यतिकैमा पछाडी राजेशले रश्मीलाई आफूतीर तान्छ । रश्मि झसंग हुदै राजेशको अंगालोमा पर्छिन अनि केहीबेर सम्म आँखा पनि खोल्दैनीन ।राजेश बोल्दै ” गाडी गईसक्यो,आँखा खोल अब तिमी सुरक्षित छौ ” ।

बिस्तारै रश्मिले आँखा खोल्छीन अनि थ्यांक यू भन्दै घर तीर लाग्छिन । संयोगवश अंगालोमा बाधिएको गाड़ी भित्र बाट रश्मिका बुवा रण बहादुर शाहले देख्न पुग्नु हुन्छ,मनमा रिसको पोको बोकी मुर्मुरिदै हतार-हतार घरतीर लाग्दै मनमनै ” जुन कुराको मलाई डर थियो आखिर आज आएर छोरीले त्यही दिन देखाउँदै छे…..।

रश्मि झोला फाल्दै राजेशको बारेमा सोच्न थाल्छिन ,त्यतिकैमा उनको सोचलाई भंग पार्दै ” छोरी ” भन्दै उनको बुवा कोठामा छिर्नु हुन्छ ।” हजुर बुवा…..छोरीको मसिनो आवाजले अलिक शान्त हुदै बोल्नुहुन्छ ”पढ़ाई कस्तो चलिरहेको छ तिम्रो…”ठीकै छ बाबा…”मलाई बिस्वास छ मेरी छोरीले कहिल्यै पनि कुनै गलत काम गर्ने छैनी जसले तिम्रो बाबाको शिर निहुरियोस”…यति भन्दै उँहा कोठा देखी निस्किनु हुन्छ । एकाएक बुवाको मुख बाट निस्केका शब्दहरुले रश्मि आतिँदै गहिरो सोचमा पर्छिन ” कतै बाबाले अघि देख्नु त भएन….!

दिन बित्ने क्रम जारी रहयो,दिनप्रतिदिन रश्मि र राजेश एकअर्का बीच घनिष्ठ हुन थाल्छन । रश्मि पनि खुलेर बोल्न थाल्छिन अनि मनमा लागेका सुखदुखका कुराहरु राजेश संग बाड्न थाल्छिन । राजेश पनि आफ्नो हरेक कुराहरु रश्मिलाई भन्छन,आफू मध्यम परिवारको भएको र घरमा बुवाले धेरै सँघर्ष गरी हुर्काएको ,आमा पहिले देखी नै रोगी भएको हुनाले बुवाले अलिअलि कमाएको पैसा पनि सिद्धिएको र अब पढ़ाई सिध्याएँ लगतै जागिर गर्नेछु भनी बताउँछन । राजेशको कुरा सुनेर रश्मि सारै चिन्तित हुन पुग्छिन अनि कसरी राजेशको समस्याको समाधान गर्ने होला भनी सोच्न थाल्छिन ।छोरीमा पहिलेको भन्दा धेरै बदलाव आएको देखेर रश्मिका बुवा आश्चर्य पर्नु हुन्छ ,रश्मि घरमा नभएको मौका छोपी कोठामा छिर्दै यताउता केही हात पर्छ की खोज्न थाल्दा सिरानी मुनि ” i love you rajesh ” भनी लेखिएको कागज भेटाउनु हुन्छ ।

दिमागमा भुमरी सरी नानाथरीका कुराहरु नाच्न थाल्छन,केही नसोची रश्मिको बुवा कलेज पुग्नु हुन्छ अनि प्राध्यापकसंग कुरा गरी राजेशलाई निकाल्न लगाउनु हुन्छ। बिनाकारण आफूलाई कलेज देखी निकालेको देखेर राजेश अचम्म पर्छ अनि घर आई बुवाआमा सामु दुख पोख्छ । रश्मिले थाहा पाउन साथ राजेशको घर पुग्छिन अनि राजेशलाई कलेज आउन आग्रह गर्छिन तर नकार्दै राजेशले अब जागिर खोज्ने बताउँछ । निरास हुदै रश्मि घर फर्किन्छिन ,अनि एउटा पत्र कोर्छीन जसमा आफूले राजेशलाई मन पराउने कुरा जाहेर गर्छिन।पत्र बबिता मार्फत पठाउँछिन ,पत्र पढेर राजेश खुसी हुन्छ र आफूले पनि मन पराउने कुरा पत्रमा कोर्छ ।

दुबैजना मायामा पर्छन ,घुम्न थाल्छन अनि घण्टौ एकअर्का संग समय बिताउने क्रममा एकदिन दुबैजनालाई रश्मिका बुवाले देख्नु हुन्छ। रिसले चूर हुदै केही केटाहरू लगाएर राजेशलाई पिटाउछन जस्स्वरूप बबिता मार्फत रश्मिले सबथोक थाहा पाउँछिन । केही नसोची रश्मि घरबार सबथोक छोडी सधैंको लागी राजेशसंग जीवन बिताउनको लागी आफ्ना कदमहरु अगाडी चाल्छीन । राजेशले धेरै सम्झाउँदा पनि नमाने पछि दुवैजनाले बिहे गर्ने निर्णय लिन्छन , बिहे गर्नको निम्ति दुबैजना परिवार सहित मन्दिर पुग्छन । आफ्नी छोरीले यसरी घर नै छोडेर परिवारको अनुमति विपरीत बिहे गर्न लागेको थाहा पाएर रश्मिका बुवालाई ठूलो धक्का लाग्न पुग्छ । रिसाउँदै रश्मिका बुवा मन्दिर पुग्नुहुन्छ जँहा राजेश र रश्मि बिहेको पवित्र बन्धनमा बांधिएका हुन्छन ।

बुवालाई देखेर रश्मिका आँखा बाट आँशुका थोपाहरु खस्न थाल्छन, ” बाबा बाबा भन्दै रश्मि बुवाको नजिकै पुग्छिन,त्यतिकैमा रश्मि खोक्न थाल्छिन उनको नाक र मुखबाट रगतका छिटाहरु बहीरीन्छ्न । छोरीको नाक र मुखमा एकाएक रगत देखेर रश्मिको बुवा आश्चर्य पर्नुहुन्छ अनि कत्ति पनि ढिला नगरी रश्मीलाई हस्पिटल पुर्याइन्छ ,राजेश पनि रश्मिको अवस्था देखेर चिन्तित भएको हुन्छ । डाक्टर बाहिर निस्किदै बोल्नुहुन्छ ” धेरै ढिला भइसकेको रहेछ,उँहा संग धेरै समय छैन त्यसैले अब हामी केही गर्न सक्दैनौ ,उहांलाई ब्लड क्यान्सर भएको रहेछ ”।

डाक्टरको कुरा सुनेर राजेश अनि रश्मिका बुवा छांगाबाट खसे झै हुन्छन, राजेश त झन आफ्नो भाग्यलाई धिक्कार्न थाल्छ अनि रुदै आफैंमा ग्लानी गर्न थाल्छ । टाढाबाट राजेशलाई रोएको देखेर रश्मिका बुवा नजिकै गएर सान्त्वना समेत दिन सकेनन । केही क्षण पश्चात राजेशले डाक्टर संग रश्मीलाई घर लिएर जाने सल्लाह लिन्छ तर उपचारको लागी रश्मीलाई हस्पिटल मै राख्ने बताउनु हुन्छ । डाक्टरको सल्लाह बमोजिम रश्मी सँगै राजेश पनि त्यही नै बस्छ र उनको हेरचाह गर्न थाल्छ ।रश्मिले आफूसँग धेरै दिन नभएको थाहा पाए पछि राजेशको बारेमा सोच्न थाल्छिन, राजेशलाई हेर्दै ” एकछिन म सँग बस न….” कस्तो छ अहिले तिमीलाई रश्मि…? राजेशको आवाजमा भरपुर मिठासपन थियो ।

” म ठीक छु हामी कहिले घर जाने हो…..” एकदुई दिन मै तिमीलाई निको हुन्छ अनि हामी घर जाउँला है …” भन्दै राजेशका आँखा रसाउन पुग्छन अनि हत्त न पत्त टेबलमा रहेको किताब खोल्दै पढे जस्तो गर्छ । राजेशले बोलेको झूटलाई रश्मिले राम्रो संग बुझेकी थिइन तसर्थः थाहा नपाए झै गर्छिन । रश्मिको बुवा बाहिर देखि सबै नियाली राख्नु भएको थियो ।
हुंदाहुदै समय बिते लगतै रश्मिको स्वास्थ्य बिग्रिदै जान्छ,सबैजना भेला हुन्छन ।रश्मिको अनुहार हेर्ने लायक थिएन,रगत खोक्दा-खोक्दा शरीरमा रगतको मात्रा एकदमै कम भईसकेको थियो । राजेशको मुहार तीर हेर्दै ” म नभएपनि तिमीले नँया जीवनको शुरुवात गर्नु राजेश र तिम्रो हरेक दुखसुखको क्षणमा म सधै तिमीसँग नै हुने छु ” । साथै बाबा तीर हेर्दै बोल्छिन ”बाबा मलाई माफ गर्दिनुस, हजुरको राम्रो छोरी बन्न सकिन..”।
शायद उनको मुखबाट निस्केका ती शब्दहरु अन्तिम थिए क्षणभर मै राजेश र रश्मिको बाबाको चिच्याहटले कोठा नै सुन्न हुन पुग्छ साथै पूरा अस्पताल नै शोकमा डुब्न बाध्य हुन्छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१