ताजा अपडेट

शिक्षाको अनुगमन जारी, ड्रेस बिनै विद्यालयमा शिक्षक

          |   166 Views   |   Published Date : 17th May 2018 |

p1060911-e1363078728369

 घोराही, ३ जेठ ।   घोराही उपमहानगरपालिकाले नगर क्षेत्रको शिक्षा सुधारका लागि पहिलो चरणमा अनुगमनलाई जारी राखेको छ ।


उपमहानगरको सामाजिक विकास समितिको अगुवाईमा विहिबार शिक्षा ईकाई, शिक्षक महासंघ, प्यावसन र विद्यार्थी संगठनहरुको सहभागितामा विद्यालयहरुको अनुगमनलाई उपमहानगरले जारी राखेको हो । यसैक्रममा आज घोराही उपमहानगरपालिका २ र ४ मा रहेको विद्यालयहरुको अनगुमन गरेको छ ।

वडा नम्बर २ मा रहेको गंगा माबि रामपुर, जनता मावि बुका, नवचेतना शैक्षिक बोर्डिङ स्कुल, वडा नम्बर ४ मा रहेका मावि गोग्ली र सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलको अनुगमन भएको छ । अनुगमनका क्रममा केही शिक्षकहरु अनुपस्थिती सँगै विद्यालय पोषक समेत नलगाएको पाईएको छ । मावि गोग्लीमा ११, मावि बुकामा २ र गंगा मावि रामपुरमा ४ जना शिक्षक अनुपस्थित भएको पाईएको छ ।

त्यसैगरी मावि बुकामा ३, गंगामाबि रामपुरमा २ गोग्लीमा २ जना शिक्षकहरुले ड्रेस नलगाएको पाईएको छ । अनुगमन टोलीले सामुदायिक शिक्षकहरुलाई अनिबार्यरुपमा ड्रेस लगाउन र निबेदन दिएर स्विकृत भए मात्रै बिदामा बस्ने निर्देशन दिएको छ । साथै निजी विद्यालयमा अभिभाबकहरु समिति नै गठन नगरि शैक्षिक शुल्क लिएको भन्दै तत्काल शिक्षा नियमावली अनुसार अघि बढ्न निर्देशन दिएको छ ।

त्यसैगरी, टोलीले विद्यालयमा सरसफाईको उचित व्यवस्थापन गर्न र शिक्षण सिकाईलाई बालमैत्री बनाउन निर्देशन दिएको छ । अनुगमनमा सामाजिक विकास समितिका संयोजक भरत अर्याल, वाताबरण तथा विपत व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी, वडा नम्बर २ का अध्यक्ष केशब आचार्य, शिक्षा ईकाई प्रमुख नारायण पौडेल, स्रोत व्यक्ति बिप्लब अधिकारी, शिक्षक महासंघका नगर अध्यक्ष निशान्त आचार्य, प्यावसनका अध्यक्ष यादब गिरी, अखिल क्रान्तिकारीका सन्तोष पोख्रेल, नेविसंघका टोपबहादुर बुढाथोकी, उपमहानगरका प्रेस संयोजक निमुसंगम घर्तीको सहभागिता रहेको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१