ताजा अपडेट

प्राज्ञिक विद्यार्थी परिषद्ले बुझायो शिक्षा शाखामा ज्ञापन पत्र

          |   143 Views   |   Published Date : 17th May 2018 |

 jilla-shiksha-karyalaya-dang-620x330

 घोराही, ३ जेठ ।  आज प्राज्ञिक विद्यार्थी परिषद् नेपाल घोराही नगर समितीले जिल्ला शिक्षा शाखा कार्यालय घोराहीमा ज्ञापन पत्र बुझाएको छ ।


प्राज्ञिक विद्यार्थी परिषद् नेपाल घोराही नगर समितीले कक्षा ११ र १२ को पाठ्क्रममा १००÷१०० पूर्णाङ्कको अनिवार्य नेपाली विषय अनिवार्य गर्नुपर्ने माग गर्दै उपाध्यक्ष किरण न्यौपानेको नेतृत्वमा पुगेको टोलीले ज्ञापन पत्र बुझाएको हो


पाठ्यक्रम विकास केन्द्रको नेतृत्वमा कक्षा ११ र १२ बाट नेपाली बिषय हटाउने वा ५०र५० पूर्णाङ्क कायम गर्ने बहस चलिरहेको बेला परिषदले १०० पूर्णाङ्क कायम गर्नुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराउनका लागी ज्ञापनपत्र बुझाएको जनाएको छ ।
नेपाली भाषा देशको राष्ट्रीय भाषा र सम्पूर्ण नागरिकलाई भावनात्मक रूपमा जोड्ने भाषा नेपाली भाषा नै भएकाले पनि नेपाली भाषा देशको इतिहास र सभ्यता संग जोडिएको छ ।

तर्सथ यसरी पाठ्यक्रमबाट नै नेपाली बिषय हटाउने कुराले कुनै पनि देशको राष्टभाषा कमजोर हुने र यस्ले सामाजिक सद्भाव, राष्ट्रिय एकता र अखण्डता माथि ठुलो खलल पुग्ने भन्दै प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गम्भीर आपत्ति प्रकट गर्दै पाठ्क्रयम एवं नीति निर्माणमा नेपाली बिषयलाई सक्रियताका साथ लाग्न अनुरोध गरेको प्रज्ञीक बिद्यार्थी परिषदका केन्द्रिय सदस्य रोसन घर्तिले जानकारी दिनुभएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१