ताजा अपडेट

दु.खमा पर्दा छोरीको साथ

          |   365 Views   |   Published Date : 17th May 2018 |

28472114_2027124217612649_2268144061383368274_n

 घोराही, ३ जेठ । भनिन्छ धनबहादुर,जीतबहादुर,खुशीराम लगाएतका नाम गरेका व्यक्तिहरु नाम जस्ता भाग्य मानी हुदैनन् । जस्तै धनबहादुर गरिवीले पिरोलिएको हुन्छ, जीतबहादुर सधै जीवनमा हार खाईरहेको हुन्छ अनि खुशीरामको जीवन अनेकै दु.ख कष्टहरुमा जेलिएको हुन्छ हो त्यस्तै अर्काे नाम बन्न पुगेको छ महाविर ।

नाममा महाविर भएपनि जीवनमा हारिरहेका व्यक्ति हुन घोराही–१५ काठेकोहल निवासी महाविर रोका । ४६ बर्षीय महाविरको जीवनमा अनेकौ दु.खका पलरु छन । तीनै दु.खका पलहरुमा मैले गोरक्ष दैनिकको नियमित स्तम्भका लागि खुशीका पहलहरु खोज्ने प्रयास गरेको छु । महाविरले दु.खका विचमा पनि केही खुशीका पलहरु सम्झने प्रयास गरेका छन । बाल्यकालदेखि घोराही बजारमा मजदुरी गर्दै आएका महाविरको जीवनमा दु.खका चाङहरु रहेका छन ।

दु.खमाथि दु.ख थपिदै गएका छन । तर पनि उनी जीवनदेखि आत्तिएका छैनन् । जीवनदेखि हार खाएका छैनन् । दु.खै दुखका विचमा चलिरहेको जीवनलाई खुशी बनाउने प्रयास गरिरहेका छन । जसको कारण बनेकी छिन आफनी १२ बर्षिया छोरी बसन्ती रोका । महाविरको जीवनमा करिव नौ बर्ष पहिले ठुलो बज्रपात भयो । घोराही बजारको भरतपुर ओरालोमा रहेको मनकामना हार्डवयर पसलमा ट्रकबाट टिनका पाता झार्ने क्रममा एक दिन करिव १५ क्यून्टल टिनको पाता आफैमाथि खस्न पुग्यो । सँगैकाम गरिरहेका आठ जना साथीहरु मध्य तीन जनालाई टिनको पाताले चाप्यो । त्यही चापेको टिनको पाताले लागेको चोटका कारण महाविरको कम्मरदेखि तलको कुनै पनि भाग चल्दैन । उनि खुट्टाले हिडडुल गर्न सक्दैनन् ।

त्यसपछि उनको जीवन ह्वीलचियरमा । ह्वीलचियरमा हिड्डुल गर्छन । उनको जीवन नै ह्वीलचियरमा चलिरहेको छ । विदेशी सस्थाले दिएको ह्वीलचियरमा हिडडुल गर्दै आएका छन आजभोली महाविर । कम्वरदेखि तलको भाग नचल्ने भएपछि महाविरलाई उनकी छोरीले हेरचाह गर्दै आएकी छिन । श्रीमतिले साथ छोडिदिइन । उनी दुर्घटनाभएको दुई बर्षपछि श्रीमति अर्काेसँग दोश्रो विवाह गरेर गईन । जादा दु.ख गरेर जोडेको धनसम्पति,भाडाकुडा समेत लगेर गएपछि महाविरको जीवनमा थप संघर्षका दिनहरु सुरु भएका थिए । त्यसपछि आफैलाई जन्मदिने आमा र पछिल्लो समय छोराले समेत साथ छोडे तर छोरीले छोडिनिन् ।

अहिले महाविर घोराहीको काठेकोहलमा एउटा कोठा भाडामा लिएर छोरी बसन्तीसँग बस्दै आएका छन । ‘छोरो मलाई छोडेर आफनी हजुर आमातिर लागेको छ,उत्तिबेला छोरीलाई पनि जाम उत्तिै भनेको थियो’,महाविरले भने,‘तर छोरीले मलाई दु.खमा छोड्ेर जान मानिन््, अहिले उसैले हेर्दै आएकी छ ।’ दुखमा परेका बुबालाई छोड्न नसक्ने छोरीले बताउने गरेको महाविरले भने । उनै छोरीले बुबालाई पकाउने, खुवाउने, सुताउने, दिसा, पिसाव गराउने गर्छिन । ह्वीलचियरका बुबालाई पाल्दै आएकी छिन । यसैलाई महाविर जीवनको सवैभन्दा ठुलो खुशी सम्झन्छन । दु.खमा पर्दा श्रीमति, आमा, छोरा पराई बनेका बेला छोरीले कहिल्यै नविर्षने गुन लगाएकी छिन । बुबा आमालाई पाल्ने छोराहरु हुन भन्ने मान्यता भैरहेको बेला महाविरलाई छोरीले पाल्दै आएकी छिन ।

घोराहीको सरस्वती माध्यामिक विद्यालय काठेकोहलमा अध्ययनरत उनै छोरीलाई पढाएर ठुलो मान्छे बनाउने महाविरको चाहना छ । त्यही चाहना पु¥याउनेदेखि साँझ विहान दुई छाक खानकालागि सहयोग जुटाउन उनी अरुको शरणमा पुग्ने गर्छन । ‘कहिले जन्मदिनमा तँ कसैले विवाहको बेला आएर थोरै भएपनि पैसा,खानेकुरा दिन्छन’,महाविरले भने,‘त्यही पैसाले जीवन चलाउदै आएको छु ।’ त्यस्तै महाविरको अर्काे खुशीको पल हो जवनीमा नाच्ने गाउने गरेको ।

अहिले हिड् डुल गर्न नसक्ने भएपनि उत्तिबेला महाविर नाच हेर्नेकै लागि घोराहीवाट तुलसीपुलसम्म जाने गरेका थिए । उनी सम्झन्छन,‘मैले गाउनेदेखि नाच्ने, मादल बजानउे काम गर्ने भएकाले साथीहरुले नाच हेर्न जादा तानातान गर्थे, नाच हेर्न साँझ हिडेका हामी हप्ता दिनपघि घरमा फक्थ्यौ ।’ ती दिनहरु साच्चै निकै खुशीका दिनहरु थिए,अव तीन दिनहरु कहिले फर्कन सक्दैनन । महाविरको नाममा कत्ति पनि जग्गा छैन । बाल्यकालमा आमासँगै हुर्किका उनी ठुलो भएपछि मजदुरी गर्दै जीवनयापन गरे । त्यही क्रममा २०५७ सालतिर महाविरले तुलसीपुर निवासी सुशिला केसीसँग विवाह गरे ।

उनीवाट एक छोरा शिशिर रोका र एक छोरी बसन्ती छन । ‘बजारमा मजदुर गरेर कमाएर सानो भएपनि घर बनाउला भन्ने सपना थियो’,महाविर सम्झन्छन,‘गरिवको भाग्यमा शुख भन्ने लेखेको रहेन छ,दु.खको दु.ख मात्र लेखेको रहिछ ।’ आफनो नाममा कत्तिपनि जग्गा नभएका महाविरको सहरा बन्ने काम गरेका छन तुलसीपुर निवासी ललितजंग शाह । शाहले महाविरलाई कोठाभाडा बाफत मासिक दुई हजार रुपैया दिदै आएका छन । उनलाई पनि महाविर भगवानका रुपमा हेर्ने गर्छन उहाँको सहयोगले मलाई बस्ने बास मिलेको छ । उनी महाविरको अर्काे खुशी हुन । त्यसका साथै अपाङग भत्ताबाफत हरेक महिना दुई हजार रुपैया पाउने गरेका छन । कुन दिन कहाँ जानुपर्ने हो थाहाँ छैन । त्यसैले कसैको सहयोग पाए आफनै जमिनमा एउटा टहरा बनाउन मन छ ।

‘धेरै ठुलो चाहना छैन जिवनमा थेरै जमिनमा सानो छाप्रो बनाउन मन थियो’,उनले भने,‘आफु वितेपछि छोरी र छोराले दु.ख नपाउन भन्ने सोचेको छु ।’ आफनै बासमा मर्न पाउदा पनि आत्माले शान्ति पाउँछ होला उनले भने । ४६ बर्षिय महाविर २०२८ साल कात्र्तिक १४ गते बुबा डुमबहादुर रोका र आमा रवि गुरुङको कोखवाट सल्यानको दार्मामा जन्मीएका थिए । जन्मीएको बर्षदिन नपुग्दै आमाले दोश्रो विहे गरेपछि आमासँगै दाङ झरेका महाविरले आफुलाई जन्मदिने बुबालाई र आफनो जन्मस्थानको नाम सुनेको तर बुबा र ठाउँ भने अहिलसम्म पनि देख्न नपाएको बताउछन ।

छोरा र छोरीलाई दश कक्षासम्म पढाउने नेपाल महिला सामुदायिक सेवा केन्द्रले पढाईदिने भएको छ । अहिलेसम्म सहयोग पनि गर्दै आएको छ । बस्ने बास र खाने गाँसको कुनै टुङगो छैन । कुनै दिन साहुले घरवाट जाउँ भन्नादिन र दाताले सहयोग गर्न छोड्ना दिनदेखि कहाँ बस्ने र के खान भन्ने पिर महाविरलाई छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१