ताजा अपडेट

दाङमा स्वतन्त्र पत्रकार संघ गठन, अध्यक्षमा पोख्ररेल चयन

          |   168 Views   |   Published Date : 17th May 2018 |

Photo घोराही, ३ जेठ । दाङमा स्वतन्त्र पत्रकार संघ गठन भएको छ । जिल्लाका क्रियासिल स्वतन्त्र पत्रकारहरुको आज घोराहीमा भएको भेलाले सुनिलकुमार पोखरेलको अध्यक्षतामा ७ सदस्यीय स्वतन्त्र पत्रकार संघ गठन गरिएको हो ।

जसको उपाध्यक्षमा भुबन गौतम, सचिबमा जीतसागर जीएम, सहसचिबमा सुशीला वली, कोषाध्यक्षमा अनिलकुमार शर्मा रहनुभएको छ । त्यस्तै सदस्यहरुमा बंशिकुमार शर्मा, समीक्षा गाह रहनुभएको छ ।

स्वतन्त्र पत्रकार संघका केन्द्रीय महासचिव नबराज पहाडीको प्रमुख आतिथ्यतामा स्वतन्त्र पत्रकार संघ दाङ शाखा गठन भएको हो । भेलामा प्रमुख अतिथि महासचिव पहाडीले पत्रकारको हक, अधिकारका लागि संघ देशैभरी गठन गरिने बताउनुभयो । पत्रकार समाज परिबर्तनको बलियो अंग भएको भन्दै स्वतन्त्र पत्रकार संघ पार्टी बिशेष नभएको स्पष्ट पार्नुभयो ।

त्यस्तै नवनिर्वा्चित अध्यक्ष पोखरेलले क्रियाशिल पत्रकारको पेशागत सुरक्षामा स्वतन्त्र पत्रकार संघले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । भेलाले स्वतन्त्र पत्रकारको पदेशस्तरिय अधिवेशनका लागि दाङबाट सहभागित जनाउने निर्णय पनि गरेको छ । भेलाको सहजीकरण पत्रकार बंशीकुमार शर्माले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१