ताजा अपडेट

दाङमा आत्महत्या गर्ने महिलाको संख्या धेरै

          |   195 Views   |   Published Date : 17th May 2018 |

suicide-logo_1467846741

यमकला भुसाल दाङ, ३ जेठ । आत्महत्यालाई कानुनको परिभाषाले आफैमा एउटा जघन्य अपराध मान्छ । संघर्ष जीवनको सत्य भएपनि सामान्य तय असफलता प्राप्त हुँदा कायरहरुले मात्रै आत्महत्या गर्छन भन्ने मान्यता छ ।

आत्महत्याका विभिन्न कारणहरु हुनसक्छन । दिर्घ रोग, गरिवी, असफलता, डिप्रेसन आदी.. । हाम्रो कानुन र समाजले आत्महत्यालाई नकारात्मक ढंगले नियाल्दै आएको भएपनि आत्महत्या गर्नेहरुको संख्या भने घटेको छ ।

दाङमा आत्महत्याको दर डर लाग्दो ढंगले बढ्दै गएको पाइएको छ । यो अवधिमा पुरुष भन्दा आत्महत्या गर्ने महिलाको संख्या धेरै छ । जिल्लामा दश महिनाको अवधिमा १ सय ५० जनाले आत्महत्या गरेको तथ्याङ्क प्रहरीले दिएको छ । जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७४÷०७५ को वितेको १० महिनाको अवधिमा १ सय ५० जना व्यक्तिले आत्महत्या गरेका छन् ।

चालु आर्थिक वर्षको साउन महिनादेखि बैशाख अन्तिम सम्ममा झुन्डिएर ९१ जना र विष सेवन गरी ५९ जनाले आत्माहत्या गरेको जिल्ला प्रहरी प्रमुख एवं एसपी दुर्गा सिहंले जानकारी दिइन । उनका अनुसार आत्माहत्या गरेका मध्य ८२ जना महिला रहेका छन भने ६८ जना पुरुष रहेका छन । यो अवधिमा पुरुष भन्दा १४ जना बढी महिलाले आत्महत्या गरेका छन् । एसपी सिंहका अनुसार आत्महत्या गर्नेमा १७ वर्षदेखि ३५ वर्ष उमेर समुहका धेरै रहेका छन ।

तर १७ वर्ष भन्दा कम उमेर समुहकादेखि जेष्ट नागरिकले समेत आत्महत्या गरेको प्रहरीको तथ्याङकले देखाएको छ । तथ्याङक नियाल्दा झुन्डिएर आत्माहत्या गर्नेहरुको सङ्या धेरै पाइएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार गत आर्थिक वर्ष २०७३ ÷ ०७४ मा १ सय ८४ जनाले आत्महत्या गरेका थिए । जसमध्ये झुन्डिएर १ सय १८ र विष सेवन गरेर ६६ जना महिला पुरुषले आत्महत्या गरेका थिए । समयमै उचित परामर्ष दिन सकेमा आत्महत्याको दर घटाउन सकिन्छ । तर त्यसका लागि राज्य तथा सामाजिक संघ संस्थाहरुले सक्रिय भूमिका निर्वाह गर्न आवश्यक छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१