ताजा अपडेट

दाङको तुलसीपुरमा चोरी भएका लाखौको सामाग्राी बरामद

          |   471 Views   |   Published Date : 17th May 2018 |

 police1

शरद रेग्मी जेठ ३ दाङ | तुलसीपुर उपमहानगरपालिका वडा नं ७ खर्चवा बाट प्रहरीले ठुलो मात्रामा चोरीका सामानहरु बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपि प्रकाश सापकोटाको नेतृत्वमा पुगेको टोलिले स्थानीय विभिन्न चार वटा घरमा लुकाएर राखेको अबस्थामा आज लाखौ रकम बराबरको जिन्सी सामान फेला पारेको हो ।

स्थानियको सुराकीका आधारमा प्रहरीले छापा मारेको थियो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपि प्रकाश सापकोटाका अनुसार एलईडि टिभि,ल्यापटप,कम्प्युटर,स्पिकर,साउन्ड उफर,ठुलो संख्यामा रिचार्ज कार्ड , निलो पल्सर मोटरसाईकलको १ थान ट्याङ्की लगायतका जिन्सि सामाग्रहरु बरामद गरिएको जानकारी दिनुभएको छ ।

उहाँका अनुसार चोरि गर्ने गिरोहले विगत लामो समयदेखि बेलाबेला सामान चोरी गर्दै ल्याउने र वेचविखन समेत गर्ने गरेको बताउनुभयो । चोरीमा संलग्न हु्नेमा वर्ष १७ का सोहि ठाउ निवासी सचिन चौधरी,वर्ष २० का रविन चौधरी र वर्ष २२ का कृष्ण चौधरी रहेको प्रहरीको भनाई रहेको छ । चोरी गर्ने व्यक्तिहरु फरार भएको र खोजि कार्य अगाडि बढाएको प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस अघि तुलसीपुर क्षेत्रबाट चोरी भएका विभिन्न सामाग्री र चोरहरुको खोजि व्यापक बनाउन मातहतमा निर्देशन समेत दिनुभएको छ । प्रहरीले यसअघि हात्तिखवा बाट चोरले घरघरमा लुकाई राखेको अवस्थामा पानी ट्याङ्की बरामद गरिसकेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१