ताजा अपडेट

सल्यानमा बस दुर्घटना, ४० जना घाइते ,दुईको अवस्था गम्भीर

          |   114 Views   |   Published Date : 16th May 2018 |

Capture-105

सल्यान, जेठ २ । सल्यानमा बुधबार भएको बस दुर्घटनामा ४० जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । जिल्लाको शारदा नगरपालिका –१, शीतलपाटी, पटनेरमा रहेको पिपलचौतारा नजिक बुधबार बिहान पौने ११ बजे बस दुर्घटना भएको हो ।

सल्यानको खलंगाबाट श्रीनगरतर्फ जाँदै गरेको ना ६ ख २५०५ नम्बरको बस र श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको ना ५ ख ७७५० नम्बरको बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परि कुमाख गाँउपालिका –३, का १२ वर्षीय राजन थापा र शारदा नगरपालिका –१, श्रीनगरका २१ वर्षीय हरि रोका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई श्रीनगरमा सामान्य उपचारपछि थप उपचारको लागि कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

अहिले कान्तिपुर सामुदायिक अस्पतालमा र अधिकारी बन्धु पोलिक्लिनिकमा गरेर ३८ जनाको उपचार भैरहेको छ ।

सामान्य घाइते हुनेमा सिन्बाङ की ४० वर्षीया भूमिसरा खड्का, सिद्ध कुमाख गाउँपालिका २ का ४० वर्षीय बुद्धि बिक, शारदा नगरपालिका –१३, का २६ वर्षीय गणेश विक, शारदा नगरपालिका –१३, कै २६ वर्षीया गंगा विक, बागचौर नगरपालिका –५, की २७ वर्षीया पवित्रा वली, शारदा नगरपालिका –३, की ३७ वर्षीया सिता केसी लगायतका रहेका छन्

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१