ताजा अपडेट

बालबिबाह न्युनिकरण गर्न गाउगाउमा जागरण

          |   31 Views   |   Published Date : 16th May 2018 |

  दाङ, जेठ २ ।  गढवामा बालबिबाह न्युनिकरण सम्बन्धि एक दिने अभिमुखिकण कार्यक्रम सम्पन्न भएको छ । गढवा गाउपालिकाका अध्यक्ष सहजराम यादबको अध्यक्षता तथा महिलाबालबालिका कार्यालय दाङका प्रमुख बिश्वमणि जोशिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले बालबिबाह न्युनिकरण गर्न गाउगाउमा जागरण ल्योन आबश्यक रहेको बिचार ब्यक्त गर्नुभएको थियो ।

बालबिबाह गर्दा हुने बेफाईदाको बारेमा जानकारी नहुदा र मोबाईल फोनको दुरुपयोग हुदा बालबालिकाहरुले सानैमा बिबाह गर्ने गरेको बताउदै त्यसका लागी बिधार्थि अभिभाबक र शिक्षकसबैले सजगता अपनाउन जररीरहेको बिचार ब्यक्त गरिएको थियो ।

गढवागाउपालिकाका उपाध्यक्ष शान्ति चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सघ प्रदेश ५का अध्यक्ष केपि घिमिरे नेपालपत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाह, लगाएतले बोल्नुभएको थियो ।

कार्यक्रमको सचालन महिलाबालबालिका कार्यालय गढवाका कर्मचारी जिबन जिसिले गर्नुभएको थियो । गोष्ठिको सहजिकरण महिलाबालबालिका कार्यालय दाङकी प्रमुख बिश्वमणि जोशिले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१