ताजा अपडेट

बहिरा बालबालिकालाई शैक्षिक सामाग्री वितरण

          |   73 Views   |   Published Date : 16th May 2018 |

student photo

तुलसीपुर, जेठ | ५४ औँ स्थापना दिवसको अवसरमा अनेरास्वयु राप्ति बबई क्याम्पस तुलसीपुरले बहिरा बालबालिकाहरुलाइ शैक्षिक सामाग्री वितरण गरेको छ ।

मगंलवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि राप्ति बहिरा सघंमा अध्ययन्रत ६५ जना बहिरा बालिबालिकाहरुलाइ उक्त शैक्षिक सामाग्री वितरण गरेको हो ।

अनेरास्वयु राप्ति बबई क्याम्पस कमिटीका अध्यक्ष रविन वलिको अध्यक्षता तथा कमिटीका सहसचिव प्रबाश शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्ने बक्ताहरुले न्युन आर्थिक अवस्था भएका परिवारका बहिरा तथा अपाङ्ग बालबालिकाहरुलाइ पढाइमा प्रोत्साहन मिलोस भन्ने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरेको बताएका छन । कार्यक्रममा प्रति विद्यार्थी कापी,कलम,पेन्सिल,डटपेन लगाएतका शैक्षिक सामाग्री वितरण गरिएको जनाइएको छ ।

उक्त कार्यक्रमको सञ्चालन कमिटीका सचिव राजन केसीले गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१