ताजा अपडेट

पत्रकार भट्टराईले गरे अभिभाकत्व ग्रहण

          |   418 Views   |   Published Date : 16th May 2018 |

 32687021_1497086897062984_6478062691104587776_n

घोराही,  जेठ।   शिक्षा ग्रहण गर्ने अधिकार वाट कोहि पनि बालबालिकाहरु बञ्चित हुन नपरोस् भन्ने मान्यताका साथ सरकारले यसवर्षदेखी अभिभाकत्व ग्रहण कार्यक्रम चलाएको छ ।


यसै कार्यक्रमलाई निरन्तरता दिदै आज घोराही उपमहानगरपालिका सौडियार ७ निबासी पुर्णीमा चौधरीको पत्रकार निशान्तदाजु भट्टराईले आज अभिभाकत्व ग्रहण गर्नुभएको छ ।


आर्थिक अभाबका कारण बिचमै आफनो पढाईलाई स्थागित गर्ने अवस्थामा पुग्नुभएकी पुर्णीमा चौधरीलाई सौडियारको बिद्यालयमा पत्रकार निशान्तदाजु भट्टाराईले आज अभिभाकत्व ग्रहण गर्दै कक्षा ८मा भर्ना गर्दिनुभएको छ ।

बर्षदिन भरी पुग्ने स्टेशनरीका सामानहरु पनि पुर्णिमा चौधरीलाई उपलब्ध गराउने पत्रकार भट्टराईले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । पुर्णिमा चौधरीका बुवा टिकाबहादुर चौधरी र आमा जिरसमणी चौधरीले जुत्ता सिलाउने पेशाबाट नै आफनो जिविकोपार्जन गर्दै आउनुभएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१