ताजा अपडेट

दाङमा क्रिकेट प्रतियोगिता हुने

          |   110 Views   |   Published Date : 16th May 2018 |

  यमकला भुसाल तुलसीपुर , जेठ | दगांली युथ क्लवको आयोजनामा दाङमा क्रिकेट प्रतियोगिता हुने भएको छ । मगंलवार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरि यहि जेठ ९ गते देखि १५ गते सम्म दाङ क्रिकेट लिग हुन लागेको जानकारी दिइएको छ ।

दाङ जिल्लामा क्रिकेटको विकास ,विस्तार गर्ने र नया पिढीलाइ क्रिकेट खेलमा स्थापीत गर्ने उद्देश्यले खेलको आयोजना गरिएको जनाइएको छ । जिल्लामा पहिलो पटक खेल क्लव स्तरीय रुपमा सञ्चालन नभई क्रिकेट लिगको आधारमा खेलाइने र यो खेल जिल्लाको लागी फरक शैलिको हुनेछ । प्रतियोगितामा प्रथम हुनेले ४० हजार नगद सहित शिल्ड,प्रमाणपत्र र दोस्रो हुनेले २० हजार नगद सहित शिल्ड प्रमाणपत्र गिफ्ट प्राप्त गर्नेछन ।

उत्त खेलको जेठ ९ गते घोराहीमा उद्घाटन गरिने छ भने १५ गते तुलसीपुरमा समापन गरिने छ । प्रतियोगिता दाङका घोराही,तुलसीपुर,लमही,भालुवाङ, पश्चिम पुरन्धरा लगाएतका ठाउँमा हुने भएको छ । दगांली युथ क्लवका अध्यक्ष कमल डागीँको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१