ताजा अपडेट

दाङमा एक युवतीले गरिन् आत्महत्या

          |   831 Views   |   Published Date : 16th May 2018 |

Aatmahatya

दाङ, जेठ २ । दाङमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छिन् । जिलाको घोराही उपमहानगरपालिका १७ गुलरियाकी १७ वर्षिया दीपा परियारले गयराति झुण्डिएर आत्महत्या गरेकी हुन् ।

घर नजिकै रहेको इपिलको रुखमा झुण्डिएको अवस्था परियार फेला परेको बुबा दशरथ परियारले जानकारी दिए । सँगै सुतेकी दिदी ओछ्यानमा नभेटिदा खोज्न बाहिर निस्कदा रुखमा झुण्डिएको अवस्थामा बहिनीले फेला परेर परिवारका अन्य सदस्यलाई बोलाएकी थिइन् ।

मृतक परियारको शवलाई पोष्टमार्टमका लागि राप्ती उपक्षेत्रीय अस्पलातमा राखिएको प्रहरीले जनाएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१