ताजा अपडेट

अव पश्चिम दाङ तोरी ‘जोन’

          |   101 Views   |   Published Date : 16th May 2018 |

6678668479_dcfe2b6dd6_b रीता लामा घोराही,  जेठ । राष्टिय प्राथमिकता र स्थानिय सम्भाव्यताका आधारमा तोकिएको पुर्वाधार भएको र निश्चित बालिमा ५ सय विगाहा भन्दा माथि क्षेत्रफलमा संचालन भएको कृषि उत्पादन केन्द्रलाई जोन भनिन्छ ।

सोही अनुरुप जिल्ला कृषि विकास कार्यालयले दाङको पश्चिम क्षेत्रलाई अव तोरी जोनको रुपमा अगाडी सार्ने योजना बनाएको छ । कार्यालयले जिल्लामा अत्यधिक हुने तेलजन्य पदार्थ आयातलाई निरुत्साहित गर्न र स्थानिय जनतालाई आत्मनिर्भर बनाउन यस्तो खालको कार्यक्रम अगाडी सारेको जानकारी दिएको छ । पश्चिम दाङको खेति योग्य जमिनलाई तोरी जोनको रुपमा स्थापित गर्न सके दाङ जिल्ला तेलहनमा आत्म निर्भर हुने विश्वास समेत गरेको छ ।

जिल्ला कृषि विकास कार्यालयले प्रधानमन्त्रि कृषि आधुनिकिरण परियोजना अन्र्तगत पश्चिम दाङका शान्तीनगर, ववइ र दङ्गिशरण गाउँपालिकालाईृ तोरी जोनको रुपमा विस्तार गरिन लागेको हो ।
जिल्ला कृषि विकास कार्यालयका बरिष्ट कृषि विकास अधिकृत दिपक कुमार शर्माले पश्चिम दाङका तीन वटै गाउँपालिकाका वडाहरु तोरीमा उर्वर मानिएको हुदा आफुहरुले त्यस क्षेत्रलाई तोरी जोन बनाउने योजना अगाडी सारेको बताए । परम्परागत रुपमा हुदै आएको तोरी उत्पादनलाई आधुनिकिरण गरि उत्पादन क्षमतालाई बृद्धि गरि दाङलाई तोरीमा आत्म निर्भर बनाउने लक्ष्य रहेको उनले बताए । ‘पश्चिम दाङमा पहिले देखि तोरीको उत्पादन राम्रो हुदै आइरहेको छ ।’ उनले भने ‘यसलाई झन बढाउन हामीले जोनको कार्यक्रम अगाडी सारेका हौ ।’ पश्चिम दाङलाई तोरी जोनको रुपमा विकास गर्न सके, रोजगारको सम्भावना समेत बढ्न सक्ने उनले बताए । यसको लागि विभिन्न कृषि समुह, सहकारी एवम स्थानिय कृषकहरुलाई निवेदन आवह्न गर्ने र निवेदनको आधारमा सुचि तयार गरि सोही अनुरुप विउ वितरण सेवा सुविधा विस्तार गरि तोरी जोन कार्यक्रमलाई अगाडी बढाउने उनले बताए ।
सामान्यतया कुनै क्षेत्रलाई जोनको रुपमा विस्तार गर्न थाले पछि त्यस क्षेत्रमा सडकको पहुच, सिचाइको उपलब्धता, तोकिएको क्षेत्र एउटै कोरिडोरमा रहेको, वित्तिय संस्थाहरुको पहुच भएको, बजारको उपलब्धता भएको हुनुपर्छ ।
सोही अनुरुप सिचाई मन्त्रालय, सडक विभाग, स्थानिय बजार, कृषक, स्थानिय निकाय सबैसँग समन्वय गरि अगाडी बढ्ने उनले बताए । एकै ठाउँबाट एकै पक्षले मात्र काम गरेर जोन हुन नसक्ने भन्दै उनले सबैलाई सहयोग गर्नको लागि आग्रह समेत गरे ।
प्रधानमन्त्रि कृषि आधुनिकिरण परियोजनाका अनुगमन योजना अधिकृत गोविन्दप्रसाद शर्माले तोरी जोन विस्तारको लागि सरकारले फरकफरक खालका उन्नत जातका तोरीका वीउ वितरणलाई जोड दिने बताए । उनले जोन हुनको लागि आवश्यक पर्ने सिचाईको लागि परियोजनाले सिचाई मन्त्रालयलाई रकम समेत छुट्याई दिएको जानकारी गराए । साथै आवश्यक पर्ने सडक निर्माणको लागि स्थानिय तहसँग मिलेर अगाडी बढ्न बताए । ‘तेलहन बालिहरु सधै विदेशबाट आउछ’ उनले भने ‘यसलाई रोक्न सरकारले तोरी उत्पादनमा मात्रै नभई बजारी करण, भण्डारण र प्रशोधनको कार्यक्रम पनि ल्याएको छ ।’ सरकारले १० बर्ष भित्र दाङलाई तोरीमा आत्म निर्भर बनाउने योजना रहेको उनले जानकारी गराए ।
तर दङ्गिशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले भने खेतियोग्य जमिनमा खण्डीकरण बढेको भन्दै पश्चिम दाङ तोरी जोन हुनेमा शंका व्यक्त गर्छन । सिचाई लाग्ने सबै खेतबारीहरु प्लटीङ भैरहेकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष चौधरीले प्लटीङलाई रोक्न सके मात्रै कृषि कार्यक्रम प्रभावकारी हुने बताए ।
यस्तै ववइ गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले अहिले कृषि उत्पादन विक्रिवितरणमा विचौलियाहरुको विगविगि भएको हुदा विचौलीया हटाएर सोझै बजारमा किसान पुग्न सक्ने हो भने मात्रै कृषिका कार्यक्रमले किसानलाई फाईदा पुग्ने विश्वास व्यक्त गर्छन ।

तर जिल्ला समन्वय समिती दाङका प्रमुख जितेन्द्रमान नेपालीले सबैले सम्वन्य गरेर अगाडी बढे पश्चिम दाङलाई उत्कृष्ट तोरी जोन बनाउन सकिने विश्वास व्यक्त गर्छन । ‘अव पहिले देखि हुदै आइरेको परम्परागत र टुक्रेखेतिको अन्त्य हुनुपर्छ ।

’ उनले भने ‘कृषिमा आधुनिकरणले मात्रै देश समृद्ध र जनता आत्मनिर्भर हुन्छन ।’ अव सबै कर्मचारी र जनप्रतिनीधिले किसानसँग बसेर योजना बनाउनुपर्ने उनको भनाई छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१