ताजा अपडेट

अबैध उत्खननको अनुगमन गर्न दिनभर टोली खोलामा, ठूलो परीमाणमा नदीजन्य पदार्थको स्टोर गरेको भेटियो

          |   205 Views   |   Published Date : 16th May 2018 |

abcc दिवाकर पोख्रेल देउखुरी,जेठ  । दाङ देउखुरीका अधिकाश खोलामा अबैध रुपमा नदी जन्य पदार्थको अबैध उत्खनन् को बढेपछि जिल्ला समन्वय समीतिले अनुगमनलाई तिब्रता दिएको छ ।

जिल्ला समन्वयय समीतिवाट नदी जन्य पदार्थको ठेक्का भइरहेको स्थानवाट भन्दा फरक ठाउँवाट उत्खनन् भएकाृ खबर प्रकासन भएपछि अनुगमनलाई तिव्रता दिइएको हो ।  सोमबार निभरी नै अनुगमन टोली राप्ती नदीमा अनुगमन गरेको छ । अनुमगनको क्रममा आवश्यकता भन्दा वढी मात्रामा नदीजन्य पदार्थ गिट्टी बालुवा थुपारेको, अनुमति बालुवा धुनेको लिएर क्रसर उद्योग नै संचालन गरेको, नदी देखि पाँच सय मिटर टाढा हुनुपर्ने क्रसर उद्योगहरु नदीको किनारैमा संचालन गरेको पाइएको जिल्ला समन्वयय समीतिका प्रमुख तिदेन्द्रमान नृपालीले जानकारी दिनुभयो ।

सोमबार बिहान बाट देउखुरीको लमही नगरपालिका ९ अमेलिया वाट नदी जन्य पदार्थको संकलन स्थल,क्रसर उद्योग र नदीमै भइरहेको उत्खनन्को निरीक्षण गरिएको हो । लमही नगरपालिका ८ को बगार बाबा र त्य देखि पश्चिममा थुपारीएको नदी जन्य पदार्थको अनुगमन गरी परीमाण लगत समेत लिएको छ ।
बगार बाबा वालुवा प्रशोधन उद्योगमा २६ हजार २ सय २३ घनमिटर गिट्टी बालुवा मापन गरिएको छ ।

यसैगरी केही व्यत्तिहरुले अबैधानिक रुपमा संकलन गरेको ४२ हजार ८ सय ४२ घनमिटरको गिट्टी बालुवा संकलन भएको पाइएको छ । क्रसर उद्योगको आसपासमा ठूलो परीमाणमा नदीजन्य सामाग्री स्टोर गरेर राखेको भएपनि सम्बन्धीत व्यत्तिहरु फेला पर्न सकेका छैनन । लमही ७ को उच्चा निम्बुमा १ हजार ९ सय २७ घनमिटर बालुवा संकलन भएको पाइएपनि कस्को र किन थुपारेको भन्ने बारेमा स्पस्ट हुन सकेन ।
यसैविच अनुगमन टोलीले राप्ती नदीका क्रसर उद्योगहरुको अनुमगन गर्न थालेपछि संचालकहरु भने फेला पर्न सकेनन । संचालक खोजि गरी सम्बन्धीत क्रसर उद्योग लाइ नियम अनुसार कारवाही गर्ने जिल्ला समन्वय समीतिका प्रमुख जितेन्द्रमान नेपालीले जानकारी दिनुभयो । खरिद बिल, सम्झौता पत्र,लगायतका प्रमाणहरु लिएर समन्वय समीतिमा आउन भनेका छौ । प्राविधीकहरु संगको सरसल्लाह पछी कारवाही प्रकृया अघि वढ्छ ।

प्रमख नेपालीले भन्नुभयो । अनुगमन टोलीलले राप्ती नदीवाट दुइ वटा टेक्टरलाई नियन्त्रणमा लएको छ । अबैध रुपमा वालुवा ओसारेको आरोपमा रा१ त १९५० र रा१ त २१०६ नम्बरको टेक्टरलाई नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाइएको छ । जिल्ला समन्वय समिति दाङले राप्ती नदीको कालिपुरुवा घाट, अर्जुनखोला दोभान मटेरिया क्षेत्र, वलरामपुर घाट, वढहरा क्षेत्र, जेठान गाउँ, राप्ती नदी रङ्सींग दोभानमा ठेक्का लगाएको छ ।

यस्तै विपद् ब्यवस्थापन अन्र्तगत राप्ती नदी पुल देखि पाँच सय मिटर तल बाट दुइ किलोमिटर क्षेत्रमा र भैरहेको जिल्ला समन्वय समितिले बताएको छ । मध्यनगर बायाँ तर्फ विपद व्यवस्थापनको लागि एक लाख घनमिटर उत्खनन् गर्ने अनुमति दिइएको छ ।
अनुगमन टोलीमा जिल्ला समन्ववय समीतीका प्रमुख जितेन्द्रमान नेपाली,लमही नगरपालिका प्रमसख कुलवहादुर केसी, उप प्रमुख देवका बेल्वासे, जिल्ल समन्ववय समीती सदस्य लोकीकुमारी विश्वकर्मा,जिल्ल प्रहरी निरीक्षक भरत सिंह राठोर,सब इन्जीनियर सिताराम चौधरी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१