ताजा अपडेट

सर्पले टोक्दा एक बालिकाको मृत्यु

          |   146 Views   |   Published Date : 15th May 2018 |

550360-snakebite

तुलसीपुर :  दाङको तुलसीपुरमा सर्पले टोक्दा एक  बालिकाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका - २ की  १८ महिनाकी एञ्जल केसीको सर्प दंशबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

एञ्जललाई घरको आँगनमा खेलिरहेको समयमा विषालु सर्पले डसेको  थियो । उनलाई उपचारका लागि अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्चार्ज प्रकाश सापकोटाले जानकारी दिए । एञ्जललाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा पुर्‍याइए लगत्तै चिकित्सकले मृत घोषणा गरका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१