ताजा अपडेट

रेडियो मध्यपश्चिम १२ औँ बर्षमा प्रबेश

          |   143 Views   |   Published Date : 15th May 2018 |

20180515_151341

घोराही, १ जेठ | दाङ सूचना तथा सञ्चार सहकारी संस्था द्धारा सञ्चालित रेडियो मध्यपश्चिम ९१ थोप्लो ४ मेगाहर्ज आज देखी १२ औँ बर्षमा प्रबेश गरेको छ । २०६२,६३ को ऐतिहासीक जनआन्दोनको सफलता पछि २०६३ पुस २८ गतेदेखी आवाजहिनहरुको आवाजकारुपमा रेडियो मध्यपश्चिमले प्रशारण आरम्भ गरेको हो ।

२०६४ जेठ १ गते तत्कालीन सुचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले रेडियो मध्यपश्चिमको उद्घाटन गर्नुभएको थियो । एक हजार वाट क्षमता रहेको रेडियोले आफ्नो १२ औँ स्थापना दिवसको अबसरमा आज एक औपचारीक कार्यक्रम समेत गरेको छ ।

सुचना तथा सञ्चारको माध्यमबाट आम जनतालाइ शुसुचित एंव जागरुक बनाउने रेडियोले मुख्य उदेश्य राखेको छ । बिहान ५ बजे देखी राती १० बजे सम्म रेडियो मध्यपश्चिम प्रशारण हुदै आएको छ । १२ औँ स्थापना दिवसका अबसरमा रेडियोका अध्यक्ष माधबप्रसाद शर्माले श्रोता, सुभेच्छुक, बिज्ञापनदाता, सेयर सदस्य एवं कर्मचारीहरुलाई सुभकामना दिनुभएको छ ।

अध्यक्ष शर्माले सत्य र तथ्यमा आधारीत सामाग्रीहरु प्रशारणमा प्रतिबद्ध रहेको बताउनुभएको छ । सामाजिक रुपान्तरण र नागरिकहरुका अधिकार स्थापित सँगै सभ्य समाज निर्माणका लागि रेडियो प्रतिबद्ध रहेको भन्दै अध्यक्ष शर्माले विकास र न्याय स्थापितका लागि साझेदारी गर्ने समेत उल्लेख गर्नुभएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले समाजको विकास र रुपान्तरणमा रेडियोको भुमिका अग्रस्थानमा रहेको बताउनुभयो । सत्यता र बिस्वस्नीयता नै सञ्चारको मुल जिम्मेवारी भएको भन्दै उहाँले सत्यतामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी, सामुदायि रेडियो प्रशारक संघका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोलाई समाजका बिभिन्न अंगहरुले भरपुर प्रयोग गर्न सक्नुपर्नेमा जोड दिनुभयो । राज्यले रेडियोको विकास र प्रबद्र्धनमा त्यती धेरै ध्यान दिन नसकेको भन्दै उहाँले रेडियोले गरेको योगदानलाई उच्च सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

समाजमा सचेतना जगाउदै शान्ति, बिकास र संबृद्धीमा सहयात्री बन्न आग्रह गरेका छन् । रेडियोले समायानुकुल समाबेशी ढंगबाट सबैको अधिकार स्थापित गर्दै समाज रुपान्तरणमा केन्द्र बन्न सुझाब दिएका छन् । राजनितिक परिबर्तन, अधिकार र जनताको न्यायका लागि रेडियोले आफ्नो जिम्मेवारी बनाउन सक्नु पर्नेमा जोड दिएका छन् ।

रेडियोका कोषाध्यक्ष शारदा शर्माको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष टीकाराम खड्का, माओबादी केन्द्रका नगर अध्यक्ष बिश्वराज आचार्य, नेपाली कांग्रेसका कोषाध्यक्ष सावित्रा राना, घोराही उपहानगरपालिकाका कार्यबहाक नगर प्रमुख सीता न्यौपाने, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दुर्गा सिंह, सामुदायिक रेडियो प्रशारक संघका प्रदेश अध्यक्ष केपी घिमिरे, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, कार्यक्रम प्रस्तोता पद्मप्रसाद शर्मा, जिल्ला सहकारी संघका जिल्ला अध्यक्ष गोबिन्दप्रसाद शर्मा, नागरिक समाजका संयोजक चन्द्रराज पन्त, महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालकी केन्द्रीय सचिब लक्ष्मि आचार्यले रेडियोलाई सुभकामना दिनुभएको थियो ।

कार्यक्रमको सहजिकरण रेडियोका सचिब सुदर्शन रिजाल र सदस्य मधुसुदन बैद्यले गर्नुभएको थियो ।।

स्मारीका प्रकाशन, कर्मचारी समेत पुरस्कृत

रेडियो मध्यपश्चिमले १२ औँ स्थापना दिवसको अबसरमा स्मारीका प्रकाशन गरेको छ । रेडियोको ईतिहास देखी समाज रुपान्तरणमा खेलेका भुमिकाका बिषयहरु स्मारीकामा प्रकाशन गरिएको छ ।

रेडियोको ईतिहासमा एउटा दस्ताबेज बनाउने गरि स्मारीका प्रकाशन गरिएको अध्यक्ष माधबप्रसाद शर्माले उल्लेख गर्नुभयो । एक सय १२ पृष्ठको स्मारीका रेडियोका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले विमोचन गर्नुभएको हो ।

यसैविच रेडियोले १२ औँ स्थापना दिवसको अबसरमा समाचार शाखाका सम्बाददाता प्रेमबहादुर राम्जालाई उत्कृष्ठ कर्मचारीकारुपमा पुरस्कृत गरेको छ । त्यसैगरी, उत्कृष्ठ कार्यक्रम प्रस्तोताकारुपमा तिर्थराज चौधरी र चन्द्रप्रकाश नेपालीलाई पनि पुरस्कृत गरिएको छ ।

रेडियोले उत्कृष्ठ विज्ञापनदाताकारुपमा गोर्खा हस्पीटल र कालिका साईकल स्टोरलाई पनि सम्मान गरेको छ । साथै रेडियोको स्थापना दिवसका अबसरमा रक्तदान गर्ने १९ जनालाई प्रमाणपत्र प्रदान गरेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१