ताजा अपडेट

महिला हिसांका घटनाहरु क्रमश घट्दै

          |   192 Views   |   Published Date : 15th May 2018 |

hinsa phota

यमकला भुसाल तुलसीपुर, बैशाख । चालु आर्थिक वर्षमा तुलसीपुर क्षेत्रमा महिला हिसांका घटनामा कमि आएको सरोकारवालाहरुले जानकारी दिएका छन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले चालु आर्थिक वर्ष २०७४÷०७५ को वितेको १० महिनाको अवधिमा ३९ वटा घरेलु तथा सामाजिक हिसांका घटनाहरु दर्ता भएको जानकारी दिए । उनका अनुसार यो तथ्याङ्क अघिल्लो आर्थिक बर्षको भन्दा कम हो । उनले २८ वटा घरेलु हिसांका घटनाहरु दर्ता भएको तथा ११ वटा सामाजिक हिसांका घटनाहरु प्रहरीमा दर्ता भएको जानकारी दिए ।

प्रहरीको तथ्याङ्क अनुसार साउन महिनामा एउटा पनि घटना दर्ता भएका छैनन् । भदौ महिनामा दुईवटा घरेलु हिसांका मुद्दाहरु दर्ता भएका थिए । त्यस्तै असोज महिनामा एउटा मात्रै सामाजिक हिसांको मुद्दा र कार्तिक महिनामा पनि एउटा मात्रै घरेलु हिसांको मुद्दा दर्ता भएको छ । ईप्रकाको तथ्याङ्क अनुसार माघ महिनामा नौं वटा घरेलु र नौं वटै सामाजिक हिसांका मुर्घाहरु दर्ता भएका थिए । त्यस्तै चैत महिनामा घरेलु एउटा र सामाजिक एउटा मुद्दा दर्ता भएको छ ।

नयाँ वर्ष २०७५ को बैशाख महिनाको अन्तिम सम्म १० वटा घरेलु हिसांका घटनाहरु कार्यालयमा दर्ता भएको डिएसपी सापकोटाले जानकारी दिए । यी मध्ये २६ वटा घरेलु हिसांका मुद्दाहरु फच्र्यौट भइसकेको र थप दुई वटा फच्र्यौट हुन बाँकी रहेको कार्यालयले जानकारी दिएको छ । सामाजिक हिसांका मुद्दाहरु भने सबै फच्र्यौट भइसकेको सापकोटाले बताए ।

सापकोटाका अनुसार गतवर्ष २०७३÷०७४ मा ५५ वटा घरेलु र ३७ वटा सामाजिक हिसांका घटनाहरु गरी कुल ९२ वटा हिसांका घटनाहरु दर्ता भएका थिए । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा महिला हिंसाका घटना दोब्बरले घटेको तथ्याङ्कले देखाएको प्रमुख सापकोटाले जानकारी दिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१