ताजा अपडेट

पुनलाई पांच वर्षको जेल सजाय

          |   820 Views   |   Published Date : 15th May 2018 |

bikash-pun

दाङ,१ जेठ ।  दांग जिल्ला अदालतले विकास पुनलाई पांच वर्षको जेल सजाय सुनाएको छ । अदालतको फैसलालाई उच्च अदालत तुलसीपुरले सदर गरेको छ ।

नया बजार निवासी पदम चन्दलाई २०७० साल चैत्र ५ गते गोली हानेको घटनालाई प्रहरीले पुन बिरुद्द ज्यान मार्ने उद्द्यौग अन्तर्गत मुद्दा चलाएको थियो ।उक्त अभियोगमा पुनलाई २०७३ साल फागुन २९ गते पांच वर्ष जेल सजाय सुनाएको थियो ।

अभियोगी विकास पुनले अदालतको फैसला विरुद्ध तुलसीपुरमा पुनरागवेदन गरेका थिए । पदम चन्दलाई गोली हानी फरार भएका विकास पुन र सहयोगी त्रिशक्ति घर्तिमगर २०७२ साल मंग्सिर ४ गते जिल्ला प्रहरीसामु आत्मसमर्पण गरेका हुन । अदालतले त्रिशक्तिलाई पुर्पक्षका लागी जेल चलान गरेको थियो भने विकास पुनलाई धरौटीमा छाडेको थियो ।

उच्च अदालतको फैसला पछि विकास पुन फरार रहेका छन भने फैसला पछि अभियोगी पुन प्रहरी सामु न आएको र प्रहरी प्रक्रिया अगाडी बढाउने जिल्ला प्रहरी प्रमुख दुर्गा सिंह चन्दले बताउनु भयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१