ताजा अपडेट

खसीकप फुटबल प्रतियोगितामा पत्रकारहरुको समुह विजयी

          |   278 Views   |   Published Date : 15th May 2018 |

20180515_115445

घोराही, १ जेठ ।युवा संघ नेपालको २८ औँ स्थापना दिवसका अबसरमा दाङको भरतपुर खेल मैदानमा भएको  फुटबल प्रतियोगितामा पत्रकारहरुको समुह विजयी भएको छ । पत्रकार महासंघको टोलीले युवा संघलाई शून्यका बिरुद्ध ७ गोलले विजयी भएको हो ।

 

मैत्रीपुर्ण फुटबल प्रतियोगीतामा पत्रकार, युवा संघ, कानून ब्यबसायी र निजामती कर्मचारीको टोलीले प्रतिष्पर्धा गरेका थिए । युवा संघले निजामती कर्मचारी र पत्रकारहरुले कानून ब्यबसायीलाई जितेर फाइनलमा प्रबेश गरेका थिए ।

 

पत्रकारको तर्फबाट रामकृष्ण बस्नेतले ३ गोल गर्नुभएको थियो । पत्रकारको तर्फबाट सविन प्रियासन, रुपक थापा, मनिष पाण्डे र गोपाल कँवरले १÷१ गोल गरी गरि ७ गोल पु¥याएका थिए । विजयी भएको पत्रकारको टोलीले एउटा खसी उपहार प्राप्त गरेको छ ।

20180515_105138

 

प्रतियोगीता पश्चात बोल्ने बक्ताहरुले युवाहरु सिर्जनशील हुनुपर्ने भन्दै खेललाई सद्भाव र भाईचाराको सम्बन्ध गराउने माध्यमका रुपमा लिन आग्रह गरेका छन् ।समापन कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्का, प्रदेश सांसद रेवतीरमन शर्मा, युवा संघका केन्द्रीय सचिबालय सदस्य मनोहर बुढाथोकीले बोल्नुभएको थियो ।

 

युवा संघका जिल्ला अध्यक्ष मौसम आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण सहसचिव माधव वलीले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१