ताजा अपडेट

अवैध ढुंगा उत्खननको छानविन गर्न समिति गठन

          |   77 Views   |   Published Date : 14th May 2018 |

32387302_832683383607407_1855502043116994560_n

दाङ, बैशाख ३१ । जिल्ला समन्वय समिति दाङले बबई गाउँपालिका वडा न ७ को कालितारा र ओदालेमा भएको अवैध ढुंगा उत्खननको लागि छानविन गर्नको लागि समिति गठन गरेको छ । जिल्ला समन्वय समिति दाङको सोमवार बसेको बैठकले छानविनको लागि उपप्रमुख श्रीधर शर्मा पौडेलको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यमा जिल्ला समन्वय समितिका सदस्य जक्तबहादुर बस्नेत, सुभद्रा भण्डारी र इञ्जिनियर बासुदेव भण्डारी छन् । समितिले एक साताभित्र आफनो प्रतिवेदन बुझाउने त्यसको आधारमा थप कारवाही प्रक्रिया थाल्ने जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले वताए ।

बैकठले जिल्ला समन्वय समितिले ठेक्का लगाएका स्थानदेखि अन्यत्र ठाउँबाट अवैध रुपमा नदिजन्य पदार्थ (ढुँ्गा, गिट्टी र बालुवा) उत्खनन गरि जिल्ला समन्वय समितिको रसिदबाट बैधानिकता दिई राजश्व असुल गरिएकोमा उक्त अवैधानिक कार्यलाई पुर्ण रुपमा बन्द गर्न सम्बन्धित निर्माण व्यवासयी ठेकदारलाई सचेत गराएको छ ।

बैठकले पटक पटक निर्देशन दिदा समेत पुर्ण रुपमा बन्द नभएकोले कानून बमोजिम कारवाही र ठेक्का समेत रद्ध गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरेर बैकठले जिल्लामा सञ्चालित क्रसर उद्योगहरुको अनुगमन गरिने र नियमविपरित सञ्चालन भएको क्रसर उद्योगलाई बन्द गरिने त्यो कार्यमा सघाउन सम्पुर्ण जनप्रतिनिधि र नागरिकमा अनुरोध गरेको छ ।

बैठकले जिल्ला समन्वय समितिका कार्यरत केही कर्मचारीलाई काजमा स्थानीयतहमा पठाउने लगायतका निर्णयहरु गरेको जिल्ला समन्वय समितिका समन्वय अधिकारी कृष्णप्रसाद गौतमले वताए । यस अघि पनि जिल्ला समन्वय समितिले कर्मचारीलाई स्थानीयतहमा पठाएको थियो ।

जिल्ला समन्वय समितिमा अझैपनि दरबन्दी भन्दा धेरै कर्मचारी कार्यरत छन् । ति कर्मचारीलाई पनि छिटटै पठाउने जिल्ला समन्वय समिति दाङलेजनाएको छ । बैठक जिल्ला समन्वय समितिका प्रमुख नेपालीको अध्यक्षतामा बसेको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१