ताजा अपडेट

विप्लवका कार्यकर्ताले जलाए यात्रु बस

          |   207 Views   |   Published Date : 13th May 2018 |

20180513085150_Bus-torch-biplab

वीरगन्ज: नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले वीरगन्जमा बसपार्कम बस जलाएका छन् ।

नेपाल बन्दका क्रममा १५ दिनदेखि रोकिराखेको बस विप्लवका कार्यकर्ताले जनाएका हुन् । उनीहरुले वीरगन्ज बसपार्कमा १५ दिनदेखि रोकिएको वीरगन्ज-ठोरी रुटको ग १ ख ३१४७ नम्बरको यात्रु बसमा आइतबार आगजनी गरेका हुन् ।

आगो लगाइँदा बस जलेर नष्ट भएको पर्सा प्रहरीले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रघात गरेको भन्दै पार्टीले नेपाल बन्दको गरेको थियो ।

शनिबार विज्ञप्ति निकालेर नेकपाले मोदीको भ्रमणका क्रममा ओली सरकारले राष्ट्रघात गर्दै नेपालीको स्वाभिमानमा कुठराघात गरेकाले प्रतिरोधस्वरुप बन्द आह्वान गरिएको जनाएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१