ताजा अपडेट

नख्खु कारागारमा सुनुवारको रहस्यमय मृत्यु

          |   132 Views   |   Published Date : 13th May 2018 |

काठमाडौं | नख्खु कारागारका कैद भुक्तान गरिरहेका भक्तबहादुर सुनुवारको मृत्यु रहस्यमय भएको भन्दै गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ ।

कारागार ब्यवस्थापन विभागका निर्देशक कृष्ण प्रसाद अधिकारीको संयोजकत्वमा गठन भएको छानविन समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी डमरु प्रसाद निरौला, प्रहरी नायव उपरिक्षक सोमेन्द्र सिंह राठौर, महान्यायाधिवक्ता कार्यालयका शाखा अधिकृत घनश्याम घिमिरे र गृह मन्त्रालयका शाखा अधिकृत कृष्ण प्रसाद सापकोटा सदस्य छन् ।

जबर्जस्ती करणी र कर्तब्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका सुनारको वैशाख २२ गते उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो । सुनारको मृत्यु शंकास्पद भएको, शरीरमा निलडाम देखिएको र खानामा विष मिसाएर खुवाइएको भन्दै परिवारले शव बुझ्न अस्विकार गरेका थिए ।

‘पोष्टमार्टमको रिपोर्ट आइसकेको छैन’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (डिएसपी) नरेन्द्र चन्दले भने, ‘मन्त्रालयले छानविन समिति गठन गरेको छ, हामीपनि हेरिरहेका छौं । मृत्युको कारण खुल्न सकेको छैन ।’

परिवारले सुनुवारको शवसँगै फेला पारेको तिन पृष्ठको हस्तलिखित पत्रमा जेलभित्र डरलाग्दो विकृति रहेको खुलेको बताइएको छ ।

चौकीदार बुद्ध गुरुङले कैद मिनाहाका लागि सुनुवारसँग १५ लाख मागेको र उक्त पैसा नदिए जेलभित्रै सड्नुपर्ने धम्की दिएको प्रहरी स्रोतको भनाई छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१